पोखरा, ७ माघ । रोटरी क्लब अफ पोखरा लेकसाइडले सप्तरीका शीतलहर पीडितलाई न्यानो कपडा सिरक तथा ब्ल्याङ्केट वितरण गरेको छ ।
कार्यक्रम संयोजक अर्जुनप्रसाद खनालको नेतृत्वमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ का बाढी प्रभावित क्षेत्रका वृद्धवृद्धा, अपांग, बालबालिका तथा असहायलाई उक्त न्यानो कपडा वितरण गरिएको हो ।
खनालका अनुसार २५ थान सिरक, ७५ थान ब्ल्याङ्केट र २० थान झुल वितरण गरिएको हो ।
सो अवसरमा हनुमाननगर कंकालिनी वडा १४ का अध्यक्ष सत्यनारायण यादव, सशस्त्र प्रहरी उपरीक्षक रामाअधार यादव, पत्रकार चन्दनकुमार यादव लगायत सहभागी थिए ।
हिमाल, पहाड र तराईमा परेको विपद्मा सहयोगको मल्हम लगाउनु सबैको कर्त्तव्य भएको र रोटरी पोखरा लेकसाइडले पनि विभिन्न समयमा सामाजिक कार्य गर्दैआएको कार्यक्रम संयोजक खनालले बताए ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९