हेमजा, ७ माघ । पोखरा-२५, हेमजा स्थित जागरण अभियान नेपालले माघ २७ गते विषादी न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यका साथ पोखरामा वृत्तचित्र प्रदर्शन, सांगीतिक तथा सांस्कृतिक साँझ गर्ने भएको छ ।
संस्थाले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो ।
पोखरा सभागृहमा सारेगम इन्टरनेशनल हाउसको व्यवस्थापन तथा रोट्रयाक क्लब अफ हेमजाको विशेष सहयोगमा उक्त कार्यक्रम गरिने छ ।
कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष मोतिराज तिम्सिनाले गीत संगीत र मनोरञ्जन माध्ययमबाट विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे आमजनतालाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । उनले हिजोआज जथाभावी विषादी प्रयोग बढेको ठहर गर्दै जसका कारण पर्यावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको पनि जनाए ।
छिटो उत्पादन लिने नाममा विषादीको बढ्दो प्रयोगले उपभोक्ता र किसान प्रत्यक्ष रुपमा प्रभावित भएको जिकिर गर्दै तिम्सिनाले विषादी प्रयोगबारे आमसर्वसाधरणमा समयमै सचेतता ल्याउन जरुरी भएको औल्याए । विषादी प्रयोगलाई गम्भीर रुपमा नलिए निकट भविष्यमै ठूलो खतरा हुन सक्ने उनको दावी थियो ।
उक्त कार्यक्रममा कलाकार यसकुमार, जितु नेपाल(मुन्द्रे), केदार घिमिरे-माग्ने बुढा) लगायतको प्रस्तुति रहने छ ।
कार्यक्रम सम्पन्न गर्न करिब ५ लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
संस्थाका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष विनोदप्रसाद त्रिपाठीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९