काठमाडौं, ६ माघ । लामो समयको अलमलपछि वाम गठबन्धनले एकता प्रक्रियालाई गति दिने भएको छ । प्रक्रियालाई गति दिनेबारे छलफल गर्न आइतबार दिउँसो एकता संयोजन समितिको बैठक बस्दैछ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली एकसाताको बैंकक बसाइँपछि स्वदेश फिर्ता भएलगत्तै एकता प्रक्रियालाई गति दिनेबारेमा सहमति भएको हो । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार र शनिबार राष्ट्रियसभा निर्वाचन र पार्टीएकता प्रक्रियाको बारेमा गम्भीर छलफल गरेका हुन् । दुर्इ नेताबीचको छलफलमा आइतबार एकता संयोजन समितिको बैठक गर्ने सहमति भएको हो । दुर्इ नेताहरुबीचको बैठकले एकता संयोजन समितिको बैठकको एजेण्डा समेत तय गरेका छन् ।
ओलीनिवास बालकोटमा भएको छलफलमा दिउँसो ३ बजे संयोजन समितिको बैठक बस्ने छ । भेटपछि संक्षित प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष दाहालले भने-‘बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’
नेताहरुका अनुसार बैठकमा प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक रुपमा रिपोर्ट बुझाउनेछ ।
कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा २९ एमाले र १४ माओवादीले पाउने सहमति जुटाएको छ । मुख्यमन्त्री र सभामुखबारे भने सहमति जुट्न बाँकी छ । माओवादीले २ मुख्यमन्त्री पाउने देखिएको छ भने सभामुख ४ दाबी गरेको छ । कार्यदलको रिपोर्टमा आवश्यक परे सामान्य हेरफेर गरेर अघि बढ्न दुवै अध्यक्ष सहमत छन् ।
एकता संयोजन समितिको आइतबारको बैठकमा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल हुने नेताले बताएका छन् । पार्टीको नेतृत्वबारे दुर्इ अध्यक्षबीच कुराकानी भएको तर ठोस सहमतिमा नपुगिसकेको नेताहरुले जानकारी दिए । दुर्इ अध्यक्षबीच शुक्रबार पनि झण्डै ३ घन्टा वान टु वान छलफल भएको थियो ।
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र एमाले एकताको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा उनले अब एमाले र माओवादी अलगअलग पार्टीहुनुको कुनै कारण नभएको बताए । ‘हामीले १० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौ’-उनले भने-‘उहाँहरुले पनि त्यही भन्नुभएको छ । समान राजनीतिक कार्यदिशा भएपछि अलग-अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’
वैचारिक विषयमा छलफल शुरु भएको भन्दै उनले अहिलेसम्म माओवादीले माओवाद र एमालेले जनताको बहुदलीय जनवाद नछाडेको बताए । उनले भने-‘अबको वैचारिक संश्लेषण कसरी गर्ने भन्ने हामी छलफलमा छौं ।’
जनयुद्धको भूमिका र योगदानबारे एमाले र माओवादीबीच विवाद नभएको बताउँदै उनले भने-‘एकले अर्काको पूर्ण सम्मान गरेर र परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अघि बढ्छौं । यसमा कसैले शंका गर्नु पर्दैन ।’ एमाले र माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएको र आफ्ना केही सहकर्मीहरुले विरोध गरेको भन्दै उनले त्यसको कुनै औचित्य नभएको बताए ।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९