लेखनाथ, ६ माघ । नेपाल रेडक्रस सोसाइटी पोखरा लेखनाथ वडा २७, अर्घौ उपशाखाको शनिबार सम्पन्न नवौं अधिवेशन तथा २० औं साधारणसभाले खगेन्द्रराज आचार्यको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सामाजिक व्यक्तित्व आचार्य तत्कालीन पुनरावेदन वार एशोसिएसन, पोखराका पूर्व अध्यक्ष समेत हुन्।
४ वषे कार्यकालमा लागि ११ सदस्यीय कार्यसमिति सदस्यमा राधामोहन पौडेल, तिलकशाली सापकोटा, शिवमोहन अधिकारी, बलराम देवकोटा, चौबहादुर गुरुङ, सिर्जना लामिछाने, तारादेवी गुरुङ र छलिकुमारी सुवेदी सर्वसम्मत भए । निवर्तमान अध्यक्ष पदेनसदस्य रहने कार्यसमितिमा रिक्त १ सदस्य आगामी बैठकले चयन गर्ने बताइएको छ। निर्वाचनमा १७ जनाको उम्मेदवारी परेको थियो ।
प्रमुख अतिथि जिल्ला रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुंगानाले रेडक्रसले सामाजिक क्षेत्रमा देखाएको अग्रसरता ग्रामीण तहसम्म पुर्याउँदै रेडक्रसका अन्तर्राष्ट्रिय सिद्धान्त प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए।
चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपाने, वडा न. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, संस्थाका सल्लाहकार राजेन्द्रमणि लामिछाने, जिल्ला शाखाका विशिष्ट सदस्य दण्डपाणि शर्मा कँडेल, जिल्ला शाखा सदस्य सुरेशराज ढकाल, त्रिवेणी स्कुलका प्रिन्सिपल राजेन्द्रमणि पौडेल लगायतले रेडक्रस अभियानबारे चर्चा गरेका थिए।
रेडक्रस उपशाखा २७ का अध्यक्ष हिरामणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति खगेन्द्रराज आचार्य र सञ्चालन सचिव राधामोहन पौडेलले गरेका थिए। कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष सूर्यमणि भण्डारीले प्रस्तुत गरेका थिए ।
सोही अवसरमा मृगौलापीडित कृष्णप्रसाद च्वाई र सुकुमाया कुमाललाई ५ हजार रूपैयाँ सहयोग गरिएको थियो।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९