पोखरा, ६ माघ । पोखरा उपत्यका बृहत सफाइ अभियानअन्तर्गत शनिबार महानगरका मुख्य सहरी क्षेत्रमा वितरित खानेपानी मुहान माछापुच्छे्र गाउँपालिका वडा न. ८ र ५ जोड्ने रिभान पुलसँगै मर्दीखोलामा सम्पन्न भएको छ।
८६ औं श्रृंखलाको अभियानमा झण्डै २७ बोरा फोहरमैला संकलन गरिएको नागरिक समाज पोखराका अगुवा शशी तुलाचनले बताइन् ।
हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ सञ्चालित अभियानमा माछापुच्छे्र गाउँपालिका वडा ९ का वडा अध्यक्ष दुर्गाबहादुर क्षत्रीले राष्ट्रियगान बजाएर कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा वडा ८ का वडा अध्यक्ष कृष्णप्रसाद दवाडीले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षत्रीले पूर्ण सरसफाइ उन्मुख वडाका अध्यक्षलाई १० थान डोको, १० प्याकेट डिस्पोजल ग्लोब र २ वटा सावेल हस्तान्तरण गरेका थिए ।
त्यस्तै, जिल्ला वन कार्यालय कास्कीका तर्फबाट ५ थान थुन्से डोको डस्टबीन प्रयोजनका लागि हस्तान्तरण गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख क्षत्रीले मर्दीको फोहरमैला उठाएर कार्यक्रम शुभारम्भ गरेका गरेका थिए । कार्यक्रममा माछापुच्छे्र गाउँपालिका वडा ५ का वडा अध्यक्ष जुमबहादुर गुरुङले अबदेखि उक्त क्षेत्रमा फोहोर मैला हुन नदिन विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।
यसपटकको सफाइ अभियानलाई वडा प्रहरी कार्यालय बगर, जिल्ला समन्वय समिति कास्की, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, नेपाल खानेपानी संस्थान, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, माछापुच्छे्र महिला क्लब पोखरा ७, अभियान क्लब महिला उपसमिति, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, स्थानीय वडाबासी लगायतले ऐक्यबद्धता जनाएको संयोजक रामबहादुर पौडेलले जानकारी दिए । अको हप्ताको सफाइ अभियान सेती मर्दी दोभानको घाट वडा २५ मा हुनेछ ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९