पोखरा, ४ माघ। राष्ट्रिय परोपकार महासंघ नेपाल स्थापनाको एक दशक अवसरमा आयोजित श्रीमद्भागवत माघेसंक्रान्ति महाउत्सव-२०७४ बिहीबार सम्पन्न भएको छ । कार्यक्रमबाट २९ लाख रुपैयाँ आर्थिक संकलन भएको महासंघका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।
महाउत्सव गत पुस २७ देखि ढुंगेसाँघुस्थित महासंघको केन्द्रीय कार्यालय तथा विद्याश्रममा भएको थियो । जसमा संस्थाका अध्यक्ष युवापण्डित भागवत्भाष्कर कमलनयन गौतमले कथावाचन गरेका थिए ।
महासचिव पौडेलका अनुसार यस वर्ष पोखरा-८ का प्रेम जिसी र कृष्ण थापासहित महासंघमा ३० जना नयाँ अक्षयकोषदाता थापिएका छन्। महासंघद्वारा स्थापित अक्षयकोषमा सहयोग गर्नेमा हालसम्म १ सय १६ जना अक्षयकोषदाता र ३५ सय आजीवन सदस्य छन्।
गुरुकुल वेद विद्याश्रममा कक्षा ६ देखि १० कक्षासम्म र तनहुँको परासर आश्रममा ६ र ७ कक्षासम्म अध्ययन अध्यापन हुँदैआएको छ । उक्त आश्रममा ज्येष्ठ नागरिकलाई समेत राखिएको छ ।
त्यसैगरी, महासंघले पर्वतको सहस्रधारा व्यवस्थापनको पूर्ण जिम्मेवारी लिएको छ। पर्वतकै राममन्दिरको पूर्ण व्यवस्थापन गर्दै आएको छ भने उक्त क्षेत्रमा ज्येष्ठ नागरिकलाई आश्रममा राखेको छ।
महासंघले नवलपरासीको अमलटारीमा स्थानीय नगरपालिका र वडाबाट प्राप्त जग्गामा गौरक्षा अभियान सञ्चालन गर्नुको साथै ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने भएको छ।
पोखरा १४, बेलचौतारास्थित सिद्धेश्वर महादेव मन्दिर र वडा १५, लक्ष्मीनारायण मन्दिरमा २ सय जना ज्येष्ठ नागरिकको दिवा सेवाका लागि व्यवस्थापन गर्ने महासंघले लक्ष्य लिएको महासंघ अध्यक्ष युवापण्डित गौतमले बताए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९