हेमजा, ४ माघ।नेपाल रेडक्रस सोसाइटी पोखरा-२५, हेमजा उपशाखाको बिहीवार सम्पन्न सातौं अधिवेशनले पुनः कृष्णप्रसाद पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ। योसँगै पौडेलले तेस्रो पटकसम्म हेमजा रेडक्रसको नेतृन्व गर्ने मौका पाएका छन्।
अधिवेशनले पूर्णलाल भण्डारी, तिलकप्रसाद तिम्सिना, मीनबहादुर थापा पराजुली, टेकमाया आचार्य, आरती अधिकारी, रीता कार्की कुँवर, जयराम तिम्सिना तथा सुनिल गायकलाई सदस्यमा छनोट गरेको छ। ४ वर्षे कार्यकाल रहेको सो समितिमा रिक्त २ सदस्य पछि थप गरिने भएको छ।
कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष शोभाकर तिम्सिनाले रेडक्रस मानवीय संस्था भएको औल्याउँदै विपत्तिको समयमा रेडक्रसले असल भूमिका निर्वाह गर्दै आएको चर्चा गरे।
रेडक्रसका जिल्ला सदस्य मंगल नेपालीले रेडक्रस अन्तर्राष्ट्रिय मावन हितकारी संस्था रहेको उल्लेख गर्दै हेमजा रेडक्रसले भवन निर्माणमा विशेष चासो दिनुपर्ने बताए।
रेडक्रस कास्की शाखाका लेखा अधिकृत गणेश कोइरालाले हेमजा रेडक्रसका क्रियाकलापको सिको अन्य उपशाखाले पनि गर्नुपर्ने आवश्यकता औल्याए। सो अवसरमा रेडक्रस वडा २/३ का सभापति खगेन्द्रराज पराजुली, आजिवन सदस्य दानबहादुर थापा, पूर्व सचिव माधवशरण पौडेल, वडा नागरिक मञ्चका संयोजक रमा त्रिपाठी लगायतले धारणा राखेका थिए।
कार्यक्रमबीच पूनम गिरी, सागर कुँवर, डम्बरबहादुर केसी, पूर्णलाल भण्डारी, स्नो भ्यू बोर्डिङ स्कुलका संस्थापक विष्णुमाया अधिकारी र डा श्यामशरण पौडेललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो।
नवनिर्वाचित समितिलाई समाजसेवी धर्मराज बास्तोला तथा पत्रकार सुदीप त्रिपाठी प्रतीकले बधाई ज्ञापन गर्दै शुभकामना प्रकट गरेका थिए।
सभापति पौडेलले उपशाखाले स्थापनाकालदेखि अविछिन्नरूपमा सेवा गरेको तर्क गर्दै अब उपशाखाले रजत जयन्ती मनाउन तथा जग्गाको खोजी गरी भवन निर्माण गर्न लागि पर्ने प्रतिबद्घता जनाएका छन्। कार्यक्रममा सचिव तिलकप्रसाद तिम्सिनाद्वारा वाषिर्क प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष टेकमाया आचार्यद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। उपशाखाका सभापति पौडेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा आरती अधिकारीले रेडक्रसका सात सिद्घान्त वाचन, उपशाखाका उपसभापति पूर्णलाल भण्डारीले स्वागत तथा उपशाखाका सचिव तिलकप्रसाद तिम्सिनाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९