बंगलादेश सामु नेपाल पराजित

आदर्श समाज सम्वाददाता
माघ ५, २०७४

पोखरा, ४ माघ । नेपाललाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै बंगलादेशले १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फेवाताल किनार बाराहीघाट खेल मैदानमा बिहीबार भएको फाइनलमा बंगलादेशी टिमले नेपाललाई हराउँदै उपाधिसहित नगद २ लाख रुपैयाँ पुरस्कार जित्न सफल भएको हो । निर्धारित ५० मिनेटको खेल १-१ को गोल बराबरीमा टुंगिएको थियो । अतिरिक्त १० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

नेपालका तर्फबाट क्याप्टेन रवि मगरले प्रहार गरेको पेनाल्टी प्रहार विपक्षी गोलकीपर आजादले उत्कृष्ट बचाउ गर्दा नेपाल उपविजेतामा सीमित हुन पुग्यो । नेपालले पुरस्कारस्वरुप १ लाख रुपैयाँ पायो ।

टाइब्रेकरमा बंगलादेशतर्फबाट सजीव, असुफूल र तुफिनको प्रहार गोलमा परिणत भएको थियो । नेपालका लागि हरि गुरुङ र विनोद गुरुङले बललाई जाली चुमाए ।

उल्लेख्य दर्शकमाझ भएको खेलमा बंग्ालादेशले ११ औं मिनेटमा अग्रता लिएको थियो । फाइनल खेलका म्याच अफ दी म्याच घोषित उज्ज्वलले गोल गर्न सफल भएका थिए । १-० को गोलअन्तर कायम राख्दै पहिलो हाफ टुंगाएकोमा बंग्ालादेश दोस्रो हाफको ११ औं मिनेटमै बराबरी खेल्न बाध्यो । ३६ औं मिनेटमा नेपालका लागि विनोद गुरुङले गोल गर्न सफ भए ।

जितपछि बंग्ालादेशका टिम म्यानेजर मोहम्मद अल फारुकले आफूहरु जित्नकै लागि नेपाल आएको भन्दै खेलाडीको मेहनतले सम्भव भएको प्रतिक्रिया दिए ।

उता, घरेलु टिमका कोच राजेन्द्र तामाङले विपक्षीको काउन्टर एट्याक र डिप डिफेन्सका कारण पराजित हुनुपरेको बताए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्यसचिव समेत रहेका सांसद जीवनराम श्रेष्ठ, एशियन सेभेन ए साइड फुटबल महासंघका महासचिव टी रवि कुशिया, नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुन, बंगलादेश सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष सहिम, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, आयोजक संस्था उपाध्यक्ष दीपकबहादुर थापा लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ६ देशका टिम सहभागी थिए।

Related News

सम्बन्धित समाचार

  • वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा।  माछापुच्छ्रे गाउँपालिका ८, ठाँटी ल्वाङघलेलमा आयोजित गण्डकी प्रदेश अन्तरवडास्तरीय पुरुष भलिबलको उपाधि चापाकोट वडा ४ ले जितेको छ ।…
  • जिएमसी स्पोर्टमा ११ कलेज सहभागी

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । गण्डकी मेडिकल कलेजले आयोजना गरेको ‘जिएमसी स्पोर्ट फेस्ट २०२३’ सकिएको छ । ५ दिनसम्म चलेको उक्त स्पोर्ट मिटमा…
  • आजदेखि बिटी कप

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । बुद्धटोल युवा क्लबको आयोजनामा आइतबारदेखि १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता…
  • पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता…
  • फेन्सिङमा गण्डकीलाई स्वर्ण

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय इपी फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकीले स्वर्ण…

hero news full width