पोखरा, ४ माघ । मानव मिलन संस्थाका संस्थापक जैनसन्त नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजको ३४ औं दीक्षा जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रममा सांसद तथा वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले हिन्दू सनातन धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए। उनले पोखरामा गौशला निर्माणका लागि आफूले १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए।
पारश्वसनाथ पंक्षी केन्द्र बनाउन पनि १ लाख ११ हजार सहयोग प्रदान गर्ने उनको वचनबद्धता छ। राष्ट्रसन्त कमलेश मुनिजी महाराजले पारश्वनाथ पंक्षी सेवा केन्द्र निर्माणका लागि सहयोग थालेका थिए। मानव सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा आध्यात्मिक जागरण अभियान्ता डा गोविन्द टण्डनले धर्म मन्दिरमा मात्रै नहुने भन्दै व्यक्तिको असलपनामा धर्म भेटिने धारणा राखे। मणिभद्रका माता विमलादेवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ पूर्व सभापति गुरु बराल, महिलानेतृ सरस्वती गुरुङ, सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु, विश्व हिन्दू महासंघका केन्द्रिय उपाध्यक्ष वेदनिधि शर्मा, मानव मिलन नारी जागरण नेपालकी उपाध्यक्ष कमला गिरी, पूर्व अध्यक्ष पार्वती पौडेल, मानव मिलन संस्था पोखराका अध्यक्ष रेशमराज सुवेदी, वरिष्ठ अधिवक्ता तिलक पराजुली, संस्थापक अध्यक्ष कमलबहादुर प्रजु, मानव मिलन संस्थाकी सरिता जैन लगायतले बालेका थिए ।
कार्यक्रममा गायक राजु परियारले सांस्कृतिक प्रस्तुति राखेका थिए। मानव मिलन नारी जागरण नेपालकी संस्थापक अध्यक्ष सावित्री शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मातृका बस्ताकोटीले व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९