लमजुङ, २ माघ। जिल्लामा धार्मिक कार्य गराउँदै आएका पण्डित पूरोहितले आचारसंहिता जारी गरेका छन्। विश्व हिन्दू महासंघ लमजुङको भातृसंगठन, वैदिक कर्मकाण्ड संघ जिल्ला समिति लमजुङले आचारसंहिता तयार पारेको हो।
पूरोहितलाई आचरण, मर्यादा, अनुशासन र राम्रो चालचलनमा राख्न आचारसंहिताको आवश्यक देखिएकोले यसो गरिएको ज्योतिष परिषका केन्द्रीय उपाध्यक्ष तथा विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष पं. घनश्याम सुवेदीले बताए। उनका अनुसार पूरोहितले पालना गर्नुपर्ने १३ वटा र गर्न नहुने कार्य ९ बुँदा आचारसंहितामा समेटिएको छ।
उक्त आचारसंहितमा पूरोहितको खानपिन, लबाई, बानी व्यहोराजस्ता विषयमा जोड दिइएको छ। पण्डित पूरोहितले पालना गर्नुपर्ने आचरणमा रीतिरिवाज र कर्मकाण्डको महत्व बुझ्ने र बुझाउने, धर्मशास्त्रको प्रमाण राखेरमात्र धर्मशास्त्रका विषयमा निर्णय दिने उल्लेख छ।
यसैगरी, शुद्ध वस्त्र पहिरिनुपर्ने, सधैँ सत्य वचन बोल्ने, अनुशासन पालना, मीठा शब्द बोल्ने, सदा प्रशन्न रहने लगायत रहेको ज्योतिष परिषदका जिल्ला सचिव कमल अधिकारीले बताए।
उनका अनुसार विश्व हिन्दू महासंघ र वैदिक कर्मकाण्ड महासंघले स्वीकृत गरेका पुस्तकबाट मात्र कर्मकाण्ड गर्ने गराउने, अन्य पुस्तकबाट गर्न नपाउने, फोन मोवाइल मार्फत तन्त्रमन्त्र पाठ गर्न नपाइने, शास्त्रले निषेध गरेको समयमा विवाह, ब्रतबन्ध, घरवास्तु आदि यज्ञादि नगर्ने, गर्न नदिने आचारसंहितामा उल्लेख छ।
यसैगरी, कर्मकाण्डलाई एकरुपता ल्याउन र शुद्ध कर्मकाण्ड गर्न प्रशिक्षण दिने र सम्पूर्ण çकारको घरमा çकारको झण्डा राख्नुपर्ने, कर्मकाण्ड शुरु गर्दार्र् इश्वर साक्षी राखेरमात्र गर्ने, पूरोहितको ब्राम्हण पोशााक, टीका, टुप्पीमा शिखा अनिवार्य हुनुपर्ने, कर्मकाण्डको राम्रो अध्ययन गर्ने र प्रशिक्षण लिने, तिथि नक्षत्रको राम्रो विचार पुर्याउनुपर्ने बुँदा रहेको कार्यक्रमका अध्यक्ष तथा ज्योतिष परिषदका जिल्ला अध्यक्ष शाल्रि्राम अधिकारीले बताए। यस्तै, सबैको भलो चिताउने र सामाजिक कार्यमा अग्रसर रहने उल्लेख छ।
उता, पण्डितले गर्न नहुने कार्यमा जो कसैको निन्दा नगर्ने, धूमपान, खैनी, सुर्ती, मदिराजन्य पदार्थ सेवन गर्न नपाइने, अपवित्र भैसकेको कपडा लगाएर पूजापाठ, यज्ञमा सहभागी नजाने, हिंसा नगर्ने, भएको ठाउँमा नजाने, असौच पर्दा यज्ञादिमा वरणी नहुने, जुठोमा काम गर्दागर्दैर्को ब्राम्हण शुभ यज्ञमा जान नहुने उल्लेख छ।
ज्योतिष परिषदका उपाध्यक्ष भन्द्रकाली पोखरेलले पूरोहित मर्यादा र अनुशासनमा रहेमा त्यसको प्रभाव समाजमा पर्ने र जनसमुदायलाई पनि अनुशासनमा राख्न सहज हुने भएको हुँदा आचारसंहिता जारी गरिएको बताए।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९