ब्रहृमरुपा माविको वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४
brahma rupa

लेखनाथ, २ माघ। पोखरा ३२, राजाको चौतारामा रहेको ब्रहृमरुपा माध्यमिक विद्यालयको ३८ औं वाषिर्कोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।

प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै शिक्षा विद्यार्थीको उज्ज्वल भविश्यको लागि शिक्षक र अभिभावकबीच सुमधुर सम्बन्ध कायम हुन सके शैक्षिक विकासमा प्रदेशकै अत्यन्त उच्चकोटीको उत्कृष्ट विद्यालय हुने कुरामा जोड दिए।

प्रदेशसभा सदस्य दीपक कोइरालाले यस विद्यालयलाई प्रदेश ४ कै उत्कृष्ट नमूना प्राविधिक विद्यालयको रुपमा विकास गरी समृद्धिका ढोका खोल्नुपर्ने, सर्वसुलभ र समान ढंगले शिक्षा क्षेत्रलाई उत्पादन क्षेत्रसँग जोड्नु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा वडा अध्यक्ष अक्क्लबहादुर कार्की, भवानी कालिका माविका प्रअ एवं शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराई, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम पगेनी, पूर्व विद्यार्थी रामजी सापकोटा, पूर्व प्रअ नन्दप्रसाद अधिकारी, स्मल हेभेन बोर्डिङ स्कुलका प्रिन्सिपल ध्रुव गिरी लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उन्नतिबारे बोलेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तम बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रअ दुर्गालाल पण्डितले विद्यालयको प्रगति विवरण र भावी योजना प्रस्तुत गर्दै आगामी दिनमा स्नातक तहको अध्यापन गराउने विद्यालयको रुपमा बनाउने प्रतिबद्धता जनाए।

विविध सांस्कृतिक कार्यक्रम विद्यार्थीको पिटी प्रदर्शनी सहित शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको सो कार्यक्रममा विद्यालयको भौतिक एवं शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने सदस्य एवं शिक्षकलाई सम्मान गरिएको थियो।  सम्मानित हुनेमा शिक्षक अभिभावक संघका पूर्व सदस्य मीना सुवेदी, शोभाखर पाण्डे, शिक्षकमा  मुक्तिनाथ पण्डित, सुरेश भण्डारी, ढकबहादुर खड्का, श्रीकान्त पण्डित, लक्ष्मी तिवारी र रविबहादुर र्घर्ती छन्।

साथै, प्राविधिकतर्फका विद्यार्थीलाईर्र् इन्टरनेट जब टे्रनिङ तालिम दिएकोमा विद्यालयका कम्प्युटर शिक्षक कविराज खनाललाई सम्मान गरियो भने शिक्षक आशा गुरुङलाई बिदाइ गरियो।

२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ८ सय भन्दा बढी विद्यार्थी र ४३ जना शिक्षक कर्मचारी रहेका छन्।

यसअघि प्रविधि प्रदर्शनीको उद्घाटन लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले गरेका थिए।  कार्यक्रम सञ्चालन शिक्षक विश्वमोहन पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width