नेरेसो पोखरा ७ मा बराल

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४
Redcross PKR-7 (3)

पोखरा, २ माघ। नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाको चौधौ साधारणसभा तथा सातौं अधिवेशनले दामोदर बरालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

सदस्यमा भोजराज बराल, राममोहन आचार्य, अनुपा बराल, शारदा गिरी, दुर्गाराज बराल, गणेश श्रेष्ठ, ध्रुवराज बराल र दीपक कार्की रहेका छन्। सदस्यको पद विभाजन पहिलो बैठकले गर्ने प्रावधान रहेको छ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका मन्त्री कृष्ण तिमिल्सिना संयोजक तथा लक्ष्मण कोइराला र मोहनसिंह खड्का सदस्य रहेको निर्वाचन समितिले निर्वाचित सदस्यलाई शपथ ग्रहण गराए।

यसअघि साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपसभापति डण्डराज शर्मा पौडेलले कास्की जिल्लाका उत्कृष्ट उपशाखामा सधैं अग्रपंक्तिमा रहन सफल यस उपशाखाका गतिविधिहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि मानवीय सेवामा समर्पित रहँदै अगाडि बढ्नको लागि प्रेरित गरेका थिए।

कार्यक्रममा नेरेसो कास्की जिल्ला शाखाका मन्त्री कृष्ण तिमिल्सिना, पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, संस्थापक सभापति चूडामणि बराल, एमाले वडा कमिटी ७ का अध्यक्ष पुरुषोत्तम रेग्मी, नेका वडा इकाई ७ का सभापति नवीनराज बराल, माओवादी केन्द्रका जनकराज पराजुली, सल्लाहकार तथा पूर्व सभापति तेजनारायण अधिकारी, सल्लाहकार तथा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, सल्लाहकार शोभाचन्द्र बराल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, महिला क्लब पोखरा ७ का अध्यक्ष मीना बराल लगायत बोलेका थिए।

सो अवसरमा नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिनुका साथै श्री कृष्ण माध्यमिक विद्यालयका जेहेन्दार एक छात्र/ एकछात्रालाई प्रदान गरिँदै आएको छात्रवृत्ति पुरस्कार समेत प्रदान गरिएको थियो। सभापति ठाकुरप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति प्रभा पन्त, रेडक्रसको सातसिद्धान्त वाचन सदस्य महाकाली बराल र सञ्चालन सचिव दामोदर बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width