पोखरा, ३० पुस। कास्की र स्याङजाको दोसाँधमा रहेको मटि्टखानको भ्यू टावर निर्माणको ६ वर्षपछि उद्घाटन गरिएको छ।
टावरको आइतबार नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का सांसद किरण गुरुङले उद्घाटन गरे।
२०६३ सालमा शिलान्यास गरिएको टावर २०६९ सालमा बनिसकेको थियो। टावर उद्घाटनकै लागि अहिले सामान्य रंगरोगन मात्रै गरिएको छ। नेपाल सरकारको ६२ लाख र ११ लाख जनश्रमदान गरी ७३ लाख लागतमा टावर निर्माण गरिएको हो। मट्टीखानबाट पोखरा र कास्की सहित आसपासका १३ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ।
टावर उद्घाटनपछि बोल्दै गुरुङले मट्टीखानको विकास र पर्यटकीय चहलपहल विस्तारका लागि आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पर्यटन विकासका लागि स्थानीयको सक्रियता महत्वपूर्ण हुने भन्दै त्यसका लागि तल्लो तहबाटै प्रबर्द्धनात्मक काम गर्न सुझाव दिएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर छेत्रीले संरचना निर्माणपछि त्यसको व्यवस्थापन र प्रयोगलाई जोड दिनुपर्ने बताए। कास्की २ (क) का सांसद कृष्ण थापाले मट्टीखान वैकल्पिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने र त्यसका लागि आँफु प्रतिबद्ध रहेको धारणा राखे। स्याङजा १ (क) का सांसद मीनप्रसाद गुरुङले दुवै जिल्लाको सीमानामा रहेको मट्टीखान ऐतिहासिक र पर्यटकीय दृष्टीले रणनीतिक भएको भन्दै दुवै जिल्लाको समन्वयबाट विकास निर्माणका काम गर्नुपर्ने बताए। स्याङजा १ (ख) का दीपक चर्तीमगरले ४ नम्बर प्रदेश पर्यटनबाट समृद्ध हुन सक्ने भन्दै त्यसका लागि पूर्वाधार र आवश्यक संचरना अहिलेदेखि नै निर्माण गर्नुपर्ने बताए ।
नेपाली काँग्रेसका नेता देवराज चालिसे विकासमा राजनीतिक गन्ध मिसिन नहुने बताए। सबैको साथ र सहयोगबाट मात्रै विकास र समृद्धि सम्भव हुने भन्दै उनले राष्ट्रिय समुन्नति सबैको साझा एजेण्डा भएको उल्लेख गरे।
कार्यक्रममा माओवादी केन्द्र कास्कीका इञ्चार्ज राजकाजी गुरुङ, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, पोखरा २१ का वडाध्यक्ष खगराज आचार्य, समाजसेवी याम पौडेल, सन्तबहादुर गुरुङ, गणेशमान गुरुङ लगायतले मट्टीखानको एकीकृत विकास योजना अनुसार काम गर्नुपर्नेमा जोड दिए। उनीहरूले टावरको प्रयोग बहुउपयोगी हिसावले गर्नुपर्ने सुझाव दिएका छन्। टावरका निर्माण समितिका उपाध्यक्ष देवीबहादुर थाापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बेदप्रसाद सुवेदीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९