काठमाडौ ३० पुस। संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा आइताबार जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ।
संखुवासभाको भोटखोला गाउँपालीकास्थीत हटिया गोलामा एक दिने भूकम्प सम्वन्धी अनुशिक्षणमा जाने क्रममा उनीहरु चढेको बा ५ च १३०९ नं.को बुलेरो जिप भीरबाट करिव ५ सय मिटर तल अरुण नदीमा खसेको थियो। दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, पाथीभरा हेदाङ्नाका सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका कार्यक्रम अधिकृत सुवासचन्द्र कुइंकेल, भूकम्पीय आवास पुननिर्माण आयोजनाका २ कर्मचारी र चालक समेतको मृत्यु भएको जनाईएको छ।
भूकम्प सम्वन्धी कार्यक्रममा काठमाण्डौबाटै आएकाले उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सदरमुकाम खाँदबारीबाट ७० किलोमिटर उत्तरमा रहेको पाथीभराको वडा नं. ३ स्थित समाटारको घुम्तीमा दुर्घटना भएको जिप ५ सय मिटर तल अरुण नदिमा खसेको स्थानीयवासीले बताएका छन । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
जीपमा गाउँपालीकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९