काठमाडौ ३० पुस । निर्वाचन सम्पन्न भएको लामो समयपछि पनि नयाँ सरकार गठन हुन नसकेको भन्दै सर्बत्र आलोचना भइरहेको बेला सरकारले प्रदेश प्रमुख र अस्थाई केन्द्र तोक्नेमा समेत अलफल भइरहेको छ । गत शुक्रबारको मन्त्रीपरिषद् बैठकबाट यसबारेमा निर्णय हुने बताइए पनि सरकारले अझै पनि प्रदशे प्रमुख र अस्थाई केन्द्र तोक्न सकेको छैन ।
सरकारले सोमबारको मन्त्रीपरिषद बैठकबाट यसबारेमा निर्णय गरिने चर्चा रहेपनि अझै केही दिन लाग्ने सरकारका मन्त्रीहरुले भने बताइरहेका छन् । दलहरुसंगको परामर्श बाँकी रहेको भन्दै प्रधानमन्त्रीले यसबारेमा निर्णय गर्न अझै केही समय लगाउने देखिएको छ । यता, निर्वाचन आयोगले भने प्रदेश प्रमुख तोक्न र अस्थाई राजधानी बारे निर्णय गर्ने सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ । यसका लागि आयोगले सरकारलाई पत्र नै लेखेर ध्यानकर्षण गराएको थियो । आयोगको लगतारको दवावले सरकारले तत्काल प्रदेश प्रमुख र केन्द्र निर्धारण गर्न बाध्य बनाउने अनुमान गरेपनि सरकारले अझै केही समय लगाउने देखिएको छ ।
प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले माघ ९ गतेको लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदाताको नामावली प्रकाशन गर्ने कार्यतालीका प्रभावित हुने आयोगको चिन्ता छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइताबार पनि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी छिट्टै तोक्ने दोहोर्याएका छन् । कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताए । दलहरुसंग सहमतिको प्रयास गर्दा केही ढिलाई भएको बताउदै देउवाले अब सहमति भए पनि नभए पनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताए । संसद गठनको प्रकृया बाँकी रहेकाले प्रधानमन्त्रीबाट आफूलाई राजीनामा दिन समस्या भएको समेत प्रधानमन्त्री देउवाको भनाई छ । राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी रहेको उल्लेख गर्दै उनले संविधानको मर्म र भावना नबुझेर सत्ता हस्तान्तरणको राग अलाप्नुको अर्थ नभएको बताए ।
राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संसदले पूर्णता पाउने भएकाले त्यो अवधिसम्म कायम रहने उनको भनाई थियो ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९