पोखरा, ३० पुस।पोखरा लेखनाथ महानगरपालिका-१४, चाउथेस्थित सुन्दर टोल विकास संस्थाको शनिवार पाँचौ साधारणसभा सम्पन्न भएको छ।
सोही अवसरमा कास्कीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगराज अधिकारी र प्रदेशसभा सदस्य मनबहादुर गुरुङ र दीपक कोइरालालाई सम्मान गरिएको थियो।
प्रमुख अतिथिसमेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले साधारणसभाको उद्घाटन गरेका हुन्।
अधिकारीले विजयपुर खोलाछेउको तटबन्धकोसमेत शिलान्यास गरे। अधिकारीले थप तटबन्धका लागि सम्बन्धित निकायमा प्रयास गर्ने प्रतिबद्धता जनाए।
प्रदेशसभा सदस्य दीपक कोइरालाले देश संघीयतामा गएकाले प्रदेश नं ४ लाई समृद्ध बनाउन आफू लागि पर्ने बताए।
अर्का प्रदेशसभा सदस्य मनबहादुर गुरुङले कास्कीको महानगरपालिकालगायत स्थानीय निकायलाई स्रोत साधन सम्पन्न बनाउन आफूहरुको प्रयास रहने प्रतिबद्धता जनाए। कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की, रामबजार प्रहरी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक दीपक के.सी., नेकपा एमाले वडा इकाइ समिति अध्यक्ष बलबहादुर सेञ्चुरी, नेपाली काँग्रेस वडा इकाइ समिति सभापति बोधराज बराल, माओवादी केन्द्र वडा इकाइ समिति सचिव शिव कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाका अध्यक्ष बलराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार फणिन्द्रमान बि.क.ले स्वागत मन्तव्य र सचिव माधव न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९