काठमाडौं, २९ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गर्न लागेको बताएका छन्।
शनिवार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि दलहरु मिलेर नै संविधान बनाउनुकासाथै अन्य जोखिमपूर्ण काम गरेको स्मरण गर्दै अब आर्थिक विकास पनि मिलेर नै गर्ने बताए। उनले भने, ‘हामीले मिलेर संविधान बनायौं, ठूलठूला जोखिम थिए। तर, मिलेरै संविधान कार्यान्वयन भयो। अब देशको स्थिरता, सुशासन र विकासको विकल्प छैन।’
अध्यक्ष प्रचण्डले आफुहरुले त्यत्तिकै पार्टीएकताको कुरा गरेका नभई देशको राजनीतिक अस्थिरता अन्त्य गर्न, सुशासन र विकासलाई गति दिन नै एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गर्न लागिएको बताए। यो नेपालको भविष्य निर्माणका लागि निकै ठूलो कुरा हो।’ उनको तर्क थियो।
अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई सुशासन र विकास उन्मुख गराउने विषय वामगठबन्धनका लागि चुनौतीपूर्ण भएको बताए।
अध्यक्ष दाहालले मुलुक धेरै अप्ठ्याराहरु पार गर्दे सही बाटोमा आएको भए पनि चुनौती हटिनसकेको बताए। संविधान कार्यान्वयन भएन भने देश के हुने भन्ने दुविधा, शंका र कयौ अप्ठ्यारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौति दुवै भएको उनको भनाई थियो। राजनितिक स्थायित्व, सुशासन र विकास वामगठबन्धनको औचित्य भएको भन्दै उनले चुनौतीलाई पार गर्दै अवसर उन्मुख हुनुपर्ने उल्लेख गरे। अध्यक्ष दाहालले संविधान कार्यान्वय भई राजनितिक संक्रमण हटिसकेको अवस्थामा राजनितिक नेतृत्व पनि निराशाको बीचमा नभई नया आत्मविश्वास र उत्साहका साथ अघि बढेको उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९