लेखनाथ, २९ पुस। शिक्षासेवी जर्ज जोनले विना तयारी शिक्षामा आमुल परिवर्तन सम्भव नभएको बताएका छन।
कतिपय विद्वान्ले शिक्षामा आमुल परिवर्तन हुनुपर्छ भनेको आफुले सुनेको भन्दै यस्तो परिवर्तनको खोजी गर्दा शिक्षा क्षेत्र ब्रि्रेको उनले बताए।
बिस्तारै-बिस्तारै केही परिवर्तन हुन सक्ने भए पनि पर्याप्त विचार र तयारी गरेर मात्र यस्ता परिवर्तन गरिनुपर्ने बताए। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा लेखनाथ-२७ को दोस्रो साधारण सभाको उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा लगानी गर्नेहरूले तुरुन्तै प्रतिफलको आशा राख्न नहुने र नाफामुखी हुन नहुनेमा जोड दिए।
कार्यक्रममा जोनले विद्यार्थी, शिक्षक र लगानीकर्ताबीचको सम्बन्धलाई प्रष्ट्याउँदै विद्यार्थीलाई अन्यत्र के कस्तो छ भनेर भन्नुभन्दा उपलब्ध श्रोत साधनलाई अधिकतम् प्रयोग गर्दै वर्तामानमा बाँच्न आग्रह गरे।
यस्तै शिक्षकलाई जहिले पनि आफ्ना विद्यार्थी भन्दा एक कदम अगाडि रहन सकेमात्र विद्यार्थीले सम्मान गर्ने बताए।
कार्यक्रममा पोखरा विश्वविद्यालय मानविकी संकायका डिन प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीले शिक्षा स्वास्थ्य सरकारको दायित्व भएको बताउँदै अहिलेको अवस्था भने निकै द्विविधापूर्ण रहेको उल्लेख गरे।
शिक्षा क्षेत्रमा लगानी गरेर सरकारको दायित्य पूरा गरे वापत नीजि क्षेत्रलाई सरकारीस्तरबाट सहयोग गरिनु पर्नेमा त्यसको विपरित सरकारी विद्यालय नै धरासयी बन्दै गएको उनको भनाइ थियो। उनले शिक्षा क्षेत्र सबैतिरबाट प्रहारमा पर्ने गरेको पनि बताए।
नेकपा एमाले पोखरा लेखनाथका सचिव दीलिप न्यौपानेले अहिलेको आवश्यकता माटो सुहाँउदो र व्यवहारिक शिक्षा प्रणाली भएको बताउँदै शिक्षण संस्थाले सर्टिफिकेट मात्र बेच्ने नगरी ज्ञान र सीप सहितको शिक्षा दिनुपर्ने बताए। कार्यक्रममा नेपाली काँग्रेस पोखरा लेखनाथका सभापति वजिरमान श्रेष्ठले नीजि क्षेत्रबाट सञ्चालित कलेजलाई आजको आवश्यकता अनुसारको शिक्षा दिनु निकै चुनौतीपूर्ण रहेको र राज्यले दिनुपर्ने शिक्षा सुविधा वेहोर्न नसकेको बताए।
उनले देश २०/२५ वर्ष द्वन्द्व र राजनैतिक खिचातानीमै अल्झेको बताउँदै अब भने संविधानप्रदत्त शिक्षा स्वास्थ्यको पहुँच सबैमा पुग्नुपर्ने बताए।
कार्यक्रममा साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शाल्रि्राम पौडेलले लेखनाथ नगरपालिका पोखरा लेखनाथ महानगरमा गाभिएपछि लेखनाथवासीको आफनै ब्राण्ड गार्डेन सिटी ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे। लक्ष्मी आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामजी लामिछानेले यस क्षेत्रमा खुलेका कलेज बहुमुखी क्याम्पस भनिने भएपनि एकमुखी भएको अवस्था रहेको र विधार्थी ड्रप आउट हुने मूख्य समस्या रहेको भन्दै यसतर्फ सबैको चासो हुनुपर्ने बताए।
कार्यक्रममा नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, कम्पनी सल्लाहकार सदस्य एवम् पूर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, विद्यार्थि कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम, वर्तमान अध्यक्ष सुवास पाण्डेलगायतले बोलेका थिए।
त्रिवेणी इन्टरनेशनल कलेज कम्पनी अध्यक्ष बाबुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख यदुराज आचार्यले कलेजको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने धन्यवाद ज्ञापन कम्पनि निर्देशक मधुसुदन सापकोटाले र कार्यक्रम सञ्चालन उप-प्राध्यापक रामचन्द्र भण्डारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९