स्थापना दिवसमा नेपाल निर्माण व्यवसायी संघको खुला रक्तदान

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७४
nirman bawasahi

पोखरा, २९ पुस। नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३१ औँ स्थापना दिवसको अवसरमा शनिवार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि निर्माण व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार शिवशंकर गौचनले पहिलो रक्तदाता संघका सदस्य तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ का महिला वडासदस्य किरण गौतमलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे।

गौचनले पछिल्लो समय देशभर छड तथा सिमेन्टमा चरम मूल्यवृद्धि भएकोले निर्माण कार्यमा कठिनाई भएकाले मूल्यवृद्धि फिर्ता नलिइए आन्दोलनमासमेत जाने चेतावनी दिए।

संघका अध्यक्ष वासुदेव गौचनको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनबहादुर क्षेत्री तथा क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष ओमप्रसाद गौचनले भनाइ राखे।

वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद लम्सालले गरेका थिए। संघले हरेक वर्ष स्थापना दिवस रक्तदानलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेर मनाउँदै आएको संघका कार्यालय प्रमुख डम्वरराज ढकालले बताए।

रक्तसंचार केन्द्र पोखराले कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण

    आदर्श समाज सम्वाददाता माघ १४, २०७९
    पोखरा । पाठेघर र स्तन क्यान्सरको परीक्षणसम्बन्धी कार्यक्रम शनिबार पोखरा–१२ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा…
  • सहारा एकेडेमीलाई सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०७९
    पोखरा । सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीलाई सहरा युकेले ५५ हजार सहयोग गरेको छ । तमु धिं युकेको टोलीलाई…
  • रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता माघ ११, २०७९
    पोखरा । पोखरा १५ कोलपाटनस्थित रेन्बो एकेडेमिक होम्स माविको २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।…
  • पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक

    आदर्श समाज सम्वाददाता माघ १०, २०७९
    पोखरा । पोखरा महोत्सव करिब १० करोडको कारोबार तथा साढे २ लाख दर्शक अवलोकनसहित सकिएको छ । युनाइटेड क्लब आयोजनामा अमरसिंह…
  • उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त

    आदर्श समाज सम्वाददाता माघ ९, २०७९
    पोखरा । उपन्यायाधिवक्ता गोविन्द गिरी सोमबारबाट सेवा निवृत्त भएका छन् । गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयका प्रमुख रहेका गिरीले उमेर हदका…

hero news full width