पोखरा २९ पुस। पोखरा क्यानोनिङका सञ्चालक तथा युवा समाजसेवी रामबहादुर गुरुङले आफ्नो छोरीको जन्मदिनको अवसर पारी माछापुच्छ्रे गाउँपालिकामा रहेका विभिन्न ५ वटा विद्यालयमा न्यानो कपडा वितरण गरेका छन्।
मेरिगोल्ड चेन नामक संस्थासँग सहकार्य गरी गुरुङले आफ्नो छोरीको पहिलो वर्ष प्रवेश गरेको अवसर पारी माछापुच्छ्रे गाउँपालिकामा रहेका ५ वटा विद्यालयमा न्यानो कपडा वितरण गरेका हुन्।
माछापुच्छ्रे गाउँपालिकामा रहेका अन्नपूर्ण आधारभूत विद्यालय, शिवशंकर आधारभूत विद्यालय, तारे बराह आधारभूत विद्यालय, निश्पक्ष मावि र संगम आधारभूत विद्यालयमा अध्ययनरत कक्षा एकदेखि ५ सम्म अध्ययनरत १ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।
उक्त अवसरमा बोल्दै अन्नपूर्ण आधारभूत विद्यालयका प्रध्यानाध्यापक दीपकराज ढुंगानाले आफ्ना विद्यार्थीलाई जाडोको समयमा न्यानो कपडा वितरण गरेर विद्यार्थी र विद्यालयलाई गरेको सहयोगको प्रशंसा गरे।
त्यस्तै समाजसेवी रामबहादुर गुरुङले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर सहयोग गर्न पाउदा निकै खुसी लागेको र अन्य व्यक्तिले पनि यस्ता सामाजिक काममा अगाडि बढेर एकले अकोर्लाई सहयोग गर्नुपर्नेमा जोड दिए। उक्त अवसरमा समाजसेवी भरत गुरुङ, सञ्चारकर्मी अस्मिता गुरुङको सहभागिता रहेको थियो।
Related News
सम्बन्धित समाचार
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट
पढ्न वञ्चितलाई निशुल्क भर्ना
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९