पोखरा, २४ पुस। छिमेकी मुलुक चीनको नानिंग शहरको निम्तोमा पोखराका पर्यटन व्यवसायी चीन प्रस्थान गरेका छन्।
पोखराको पर्यटनलाई प्रवर्द्धन गराउनुका साथै सन् २०१८ मा चीनको नानिंग शहरको पर्यटकलाई पोखरामा भित्रयाउने उद्देश्य सहित पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको नेतृत्वमा १८ सदसयीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।
१० दिने भ्रमणले पोखराको पर्यटनमा ठूलो टेवा पुग्ने नेपाल पर्यटन वोर्ड पोखराका प्रशासकीय अधिकृत र्सूय थपलियाले बताए। थपलियाले चीन नेपालको छिमेकी मुलुकसँगै पर्यटकीय शहर पोखरासँग जोडिएको नाका समेत भएकाले चीनको पर्यटकलाई ठूलो संख्यामा पोखरा भित्रयाउनका लागी यो भ्रमण फलदायी हुने बताए।
महानगर प्रमुख जिसीले पर्यटकीय शहर पोखरा र चीनको नानिंग शहरबीच आपसमा सम्बन्ध कायम गराउन भ्रमणले ठूलो भूमिका खेल्ने विश्वस व्यक्त गरे।
पर्यटन व्यवसायी नरेश भट्टराईले चीनका पर्यटक भित्रयाउन भ्रमण निकै फलदायी हुने र भ्रमणमा आफूहरूले नानिंग शहरसँगै अन्य शहरको समेत भ्रमण गरी पोखरा भ्रमणका लागि निम्तो समेत दिने बताए।
रेष्टुरेण्ट तथा वार एशोसिएसन (रेवान), पोखराका पूर्व अध्यक्ष गोपी भट्टराईले पोखरामा चिनिया पर्यटकलाई निम्तो दिनकै लागि भ्रमणले मुख्य भूमिका खेल्ने बताए।
टोलीमा पर्यटन बोर्ड पोखराका प्रशासकीय अधिकृत र्सूय थपलिया, रेवान अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन गोपी भट्टराई, नरेश भट्टराई, चिरञ्जीवी पोख्रेल, रामु गौतम, भीमसेन भुजेल, बसन्त गौतम, विष्णुबहादुर भट्टराई, बलराम पहारी, होमबहादुर गुरुङ, कुलबहादुर आचार्य, शालिकराम पौडेल, सुजित थापा, सुमन भट्टराई, सञ्चारकर्मी एमबी आस्था र सुमन शर्मा सहभागी छन्।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९