काठमाडौं, २२ पुस । सरकारले केही दिनमा नै प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको छ । तर, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी भने नतोक्ने भएको छ ।
शनिबार काठमाडौमा भएको एक कार्यक्रममा वाणिज्यमन्त्री मीन विश्वकर्माले यस्तो खुलासा गरेका हुन् ।मन्त्री बस्नेतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति गरिने जानकारी दिए । ‘हामी त्यसको लागि पूरै तयारीमा जुटिसकेका छौं तर प्रदेशको अस्थायी तोक्ने काम हामी गर्दैनौं’-उनले भने । प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सर्वदलीय बैठकमा छलफल गर्दा अन्य दलहरुले चासो नदिएकोले यो सरकारले मात्रै अपजस नलिने उनको भनाइ थियो ।
‘सहसचिवको नेतृत्वमा अध्ययन कार्यदल बनेको छ, अस्थायी राजधानी तोक्नेबारे सुचना चुहावट गर्दा देशभरि आन्दोलन चलिरहेको छ’-उनले थपे-‘एमाले, माओवादी, फोरम र राजपालाई बोलाएर सर्वदलीय बैठक बस्दा उहाँहरु पन्छिनुभयो । आन्दोलन भैरहेको बेला, निर्णय गर्न हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’
संविधानतः प्रदेशसभाले नै प्रदेशको राजधानी तोक्ने उल्लेख गर्दै विश्वकर्माले भने-‘सरकारले अस्थायी राजधानी तोक्ने हो तर बहुमत कहीँ पनि छैन । यो सरकारको कार्यकालमा अस्थायी राजधानी तोक्ने काम हुँदैन । आपसी समझदारीका आधारमा काठमाडौंमा कहीँकतै शपथग्रहण गर्ने र उहाँहरु आफ्नो कार्यक्षेत्र र्फकने सम्भावना हुन्छ ।’ उनले फागुनयता नयाँ सरकार गठन नै नहुने पनि जिकिर गरे ।
यसैबीच, नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रियसभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर नबस्ने बताए । नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री देउवा नेतृत्वको सरकार रुगेर बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिए।
‘प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माग आइरहेको छ’-उनले भने । सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने-‘सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भने सरकार छोड्नुपर्यो ।’
उनले यही स्थिति विगतमा पनि प्रदेशको सिमांकन गर्दा र्याइँर्याइँ अवस्था रहेको स्मरण गराउँदै भने-‘संविधान नै जारी हुन दिन्नौं भन्ने थियो। त्यसकारण यसमा ढिलाइ गर्नु हुँदैन सरकारले तोक्नुपर्यो।’
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९