पोखरा, २२ पुस। पोखरा उपत्यका बृहत् सफाइ अभियानअन्तर्गत शनिबार पस्र्याङ र सिर्द्धार्थचोक जोड्ने फिर्केखोलामाथि सम्पन्न भएको छ। ८४ औं हप्ताको सफाइ कार्यक्रममा झण्डै १० टन फोहोरमैला संकलन भएको अभियन्ता एवं वडा ५ की वडा सदस्य अन्जु केसीले बताइन्।
वषौर्देखि दुर्गन्धित फोहोरमैला बिसर्जन गर्ने डम्पिङ साइट बन्दै आएको उक्त ठाउँमा सफा गरे लगत्तै पुनः फोहोरमैला हुन नदिन पोखरा महानगरपालिका, वडाका जनप्रतिनिधि र स्थानीय सामाजिक संघसंस्थालाई उत्तरदायी र जवाफदेही बन्न अभियानका तर्फबाट उत्तरदायी र जवाफदेही बन्न अभियानका तर्फबाट विशेष अनुरोध गरिएको नागरिक समाज पोखराकी अगुवा पवित्रा जिसीले बनाइन्।
‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ संचालित अभियानमा नागरिक समाज पोखराकी अगुवा शशी तुलाचनले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेकी थिइन् भने वडा न. ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले उक्त ठाउँलाई सफा बनाइराख्न विभिन्न रणनीति अपनाउने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए।
यसअघि सफाइ अभियानका लागि बुद्ध विशालबजार व्यापारिक एशोसिएसनका तर्फबाट अध्यक्ष प्रदीप मुल्मीले १० प्याकेट डिस्पोजल ग्लोब र सूर्यचन्द्र विकास समाजका तर्फबाट अध्यक्ष गायत्री भूर्तेलले १० प्याकेट मास्क सहयोग स्वरुप प्रदान गरेका थिए।
यसपटकको सफाइ अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल कालिका गण, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, समता शिक्षा निकेतन, घारीपाटन आमा समूह, अभियान क्लब महिला उपसमिति, ड्यामसाइड टोल विकास संस्था, सिर्द्धार्थ टोल विकास संस्था, सूर्यचन्द्र विकास समाज, अभियान युवा क्लब, धर्मस्थली आधारभूत विद्यालय, वीरेन्द्र मेमोरियल स्कुल, नमूना आदर्श आमा समूह, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता लगायत वडाबासीले ऐक्यबद्धता जनाएको संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन्। कार्यक्रममा वडा ४ का वडा अध्यक्ष शंकर बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए।
आगामी शनिबार ८५ औं हप्ताको सफाइ अभियान वडा १३ मा रहेको कमलपोखरीमा हुनेछ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९