पोखरा, २२ पुस। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी तथा एसआईपीओटु/एमएसआई म्याग्दीको आयोजनामा म्याग्दीका विभिन्न स्थानमा स्थायी तथा अस्थायी परिवार नियोजन शिविर संचालन भएको छ।
गत पुस १२ देखि २० गतेसम्म चलेको उक्त शिविरमा ७५ जनाले स्थायी परिवार नियोजन सेवा लिएका छन्। तीमध्ये ५१ जनाले भ्यासेक्टोमी र २४ जनाले मिनील्याब सेवा लिएका हुन्। यस्तै, २ जनाले अस्थायी इम्प्लान्ट सेवा लिएको एसआईपीओटु/एमएसआईका जिल्ला प्रबन्धक डा मिलनराज सिग्देलले जानकारी दिए।
शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी गौतमले डा लक्ष्मी गौतम लगायत चिकित्सक टोली खटिएको थियो।
सो कार्यक्रमको समापनमा वेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डा. रोशन न्यौपाने लगायत उपस्थित थिए। शिविर जिल्ला अस्पताल म्याग्दी, अर्मन स्वास्थ्य चौकी, दरवाङ प्राथमिक स्वास्थ्य चौकीमा भएको हो।
यस्तै, पुस २४ मा म्याग्दीको ताकममा परिवार नियोजन शिविर सञ्चालनको तयारी भएको एसआईपीओटु/एमएसआईका जिल्ला प्रबन्धक डा मिलनराज सिग्देलले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९