पोखरा, २२ पुस। पोखरा बस्दैआएका स्याङ्जाली तमुहरुले खि ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम गरेका छन्।
कार्यक्रममा पूर्व मन्त्री तथा सांसद देवप्रसाद गुरुङले गुरुङ जातिको उत्थानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। ल्होसारको तथ्य इतिहास नभए पनि लामो समयदेखि विभिन्न जातिले आफ्नो संस्कारको रुपमा ल्होसार मनाउँदैआएको भन्दै उनले यसलाई अझै विस्तार गरी राष्ट्रिय चाडका रुपमा विकास गर्नुपर्ने धारणा राखे। तमु प्ले ल्हु संघ इकाई कार्यसमिति स्याङ्जाली तमु समाजले कार्यक्रम गरेको हो।कार्यक्रममा प्रदेश सांसद दीपक कोइराला, समानुपातिक सांसद मीना गुरुङ, गेसोका अध्यक्ष पदमबहादुर गुरुङ, तमु प्हे ल्हु संघका पूर्व अध्यक्ष विष्णु भुजा गुरुङ, पोखरा २६ का वडाध्यक्ष नारायण बराल, संस्थाका पूर्व अध्यक्ष क्या. डिकबहादुर गुरुङ लगायतले बोलेका थिए।
अध्यक्ष क्या. मोहनबहादुर ल्हो गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बलप्रसाद गुरुङले गरेका थिए।
कार्यक्रम अवसरमा नवनिर्वाचित तथा मनोनीत सांसद र संस्थालाई सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९