पोखरा, २२ पुस। प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा रामजी बराल जीवनलाई पोखरामा उनका शुभचिन्तकले शनिबार बधाई तथा सम्मान गरेका छन्।
पुम्दीभुम्दी र पोखराका शुभचिन्तकको समूहले एक कार्यक्रम गरी सांसद बराललाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको शुभकामना दिए।
कार्यक्रममा सांसद बरालले जनताको अमूल्य मतको कदर गर्ने बताए। आफू इमान्दार सेवकभन्दा माथि कहिल्यै आफूलाई नसोचेको उल्लेख गर्दै उनले मतदानमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिए। उनले अब नयाँ व्यवस्थापन र सोचमा परिवर्तनको खाँचो रहेको औल्याए।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष एवं आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले विजयी बराललाई बधाई दिँदै जनताको मतको कदर गर्दै अघि बढ्न सुझाव दिए। उक्त अवसरमा सांसद बरालका शुभचिन्तकले उनलाई खादा तथा अबिर लगाउँदै बधाई ज्ञापन गरेका थिए।
अमृत बरालको अध्यक्षमा भएको कार्यक्रममा स्वागत माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष कमला रानाभाट र सञ्चालन सामाजिक अभियन्ता डिल्लीराम बरालले गरेका थिए। कास्कीको पुम्दीभुम्दीका सांसद बराल गत मंसिर २१ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र ३ अन्तर्गत प्रदेशसभा (क) बाट विजयी भएका हुन्।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९