काठमाडौं, पुस १९ । निर्वाचन सम्पन्न भइ सरकार गठनको प्रक्रियामा देखिएको संवैधानिक जटिलताको बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।
राष्ट्रिय सभा गठन, प्रदेश प्रमुख नियुक्त, प्रदेश राजधानी तय लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकका लागि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुलाई बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । सर्वदलीय बैठकअघि प्रधानमन्त्रीले वर्तमान राजनीतिक गतिरोधको निकासका लागि परामर्श समेत गरेका थिए । नेताहरुसँगको परामर्श तथा नेपाली काँग्रेसको सुझाव आधारमा प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रधानमन्त्रीले सत्ता हस्तन्तरण गर्न आनाकानी गरिरहेको आरोप लगाएपछि सरकार संचालन गरिरहेका दलहरु र एमालेबीच अविश्वासको वातवरण बनेको छ । एमालेले नयाँ सरकार गठनको लागि राष्ट्रियसभा गठनको आवश्यकता नरहेको बताउँदै आएको छ भने प्रधानमन्त्री देउवाले राष्ट्रियसभा गठनपछि मात्र सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९