लेखनाथ, १९ पुस। पोखरा ३१, सुन्दरीडाँडास्थित अरुणज्योति आधारभूत विद्यालयको २८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष कमलबहादुर थापाले सामुदायिक विद्यालयको शौक्षिक विकासका लागि सरकारको तर्फबाट नै शिक्षा नितिमा परिवर्तन गर्दै एउटै तहको शिक्षा नै अहिलेको आवश्यकता भएको उल्लेख गरे।
गुणस्तरीय शिक्षाका लागि समुदायमा आधारित विद्यालयको शैक्षिक विकासका लागि स्वयम् अभिभावक नै सचेत हुुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले बदलिँदो शैक्षिक प्रणालीलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताए।
विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा अमरसिद्ध नमूना माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश सापकोटा, रुपाज्योति माविका प्रधानाध्यापक मनिराम कँडेल, आदन्दज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णतिवारी, अक्षयकोषदाता लिलानाथ ढकाल, अभिभावक संगीता गुरुङ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष होमनाथ न्यौपाने लगायत बोलेका थिए।
विद्यालयका प्रअ राजेन्द्र पौडेलले भावी योजनाबारे जानकारी गराएको सो कार्यक्रममा स्वागत शिक्षक हरिदेवी न्यौपाने र सञ्चालन शिक्षक सरिता ढकालले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९