लमजुङ, १६ पुस। प्रदेश सभा सदस्य पृथ्वीसुब्बा गुरुङले गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रदेश नं. ४ को मुख्य मन्त्रीको समेत दावी गर्दै आएका एमाले सचिव एवं संगठन विभाग प्रमुख गुरुङले तमु ल्होछारको अवसरमा स्थानीयको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन्।बेसीशहरस्थित तमु संग्रहालयमा आयोजना गरिएको कार्यक्रममा उनले प्रदेश नं. ४ मा नेपाली भाषापछि गुरुङ भाषीको बाहुल्य रहेकाले यसलाई कामकाजमा ल्याउने बताए। उनले गुरुङ भाषासँगै मगर भाषालाई पनि सरकारी कामकाजीमा ल्याउन सकिने बताए। संविधानले प्रदेशमा सबैभन्दा बढी बोलिने यी दुर्इ भाषालाई सरकारी कामकाजीका रूपमा प्रयोग गर्न सक्ने अधिकार दिएको उनले दावी गरे।
आर्थिक, सामाजिक, सांस्कृतिक साथै जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य सवै हिसावले प्रदेश नं. ४ अब्बल रहेकोले समृद्धिको ढोका खोल्ने बताए। अको प्रसंगमा सरकार निर्माणका लागि राष्ट्रिय सभा गठनको आवश्यक नरहेको उनले बताए। गुरुङले छिटै प्रदेश सरकार बन्नेसमेत बताए।
उनलाई मुख्यमन्त्री बन्न आयोजकले आशीवाद दिएका छन्। तमू ल्होछार कार्यक्रमको आयोजक संस्था तमु प्ये ल्हु संघले सम्मान पत्रर खदाबाट गुरुङलाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९