स्वास्थ्यमा एक्कासी समस्या देखिन सक्छ, खानपानमा विचार पु¥याउनु होला । अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ । संयम रहनु होला । खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ ।
धेरै व्यक्तिको प्रशंसाको पात्र बनिनेछ । व्यापार व्यवसायमा नयाँ ज्ञान तथा सिपको प्रयोगले गर्दा आयदर बढाउन सकिनेछ । पढाइमा चासो रहनेछ । पारिवारिक सहयोगले गर्दा महत्वपूर्ण कार्यमा सफल भइनेछ ।
मायाप्रेमको बन्धन कसिलो बन्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । सानो प्रयासले नै ठूला कार्य बन्नेछन् । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्दा खुसी लाग्नेछ । कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ ।
स्वास्थ्य सामान्य बन्दै जानेछ । सकारात्मक सोच विचार आउनेछ । ढिलै भए पनि परिश्रमको मूल्यांकन पाइनेछ । धार्मिक यात्राको संभावना देखिन्छ । समग्रमा दिन सुधारोन्मुख रहने देखिन्छ ।
नयाँ संझौताले झन् तनाब थपिनेछ । मनमा शंका उपशंका उब्जनाले कार्य गर्न गाह्रो पर्नेछ । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा खट्नु पर्नेछ । अरुको विश्वासमा पर्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ ।
प्रीयजनसँगको रमाइलो पल बित्नेछ । सहमति र सहकार्यको भावना जागृत हुनेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आर्थिक पक्ष मजबुत बन्नेछ । काम गरेर धैरै व्यक्तिलाई आकर्षित गर्न सकिनेछ ।
छैटौं भावको चन्द्रमा ग्रहले सामान्य अन्योलको वातावरण बनाउन सक्छ, मान्यजनको सल्लाहमा अघि बढ्नु होला । आर्थिक पक्ष मजबुत रहँदा नयाँ लगानि गरिनेछ । आश मारेको धनरकम हात पर्नेछ ।
इमान्दारीताको पात्र बनिनेछ । स्वास्थ्यमा सुधार हुनेछ भने टाढिएका बन्धुवान्धवसँगको सम्बन्धमा सुधार आउनेछ । काम गर्ने वातावरण बन्नेछ ।सोचे अनुरुप काम कार्य बन्दा आनन्द लाग्नेछ ।
असहज वातावरण बन्नाले दैनिक कामकाजमा समेत बाधा अड्चन आउने छन् । धन भएर पनि सही स्थानमा लगानि गर्न सकिने छैन । कठोर बोलि व्यवहारका कारण बन्नै आँटेका कार्य समेत विग्रने छन् ।
मेलमिलापको भावना जागृत हुनेछ । पराक्रम भावको चन्द्रमा ग्रहका प्रभावले यश,कृति बढ्नेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । खुसीको खबर पाइनेछ ।
व्यवसायबाट आर्जित रकमले सन्तुष्टि मिल्नेछ । शारीरिक स्फुर्ति कायम रहनेछ । परिश्रम बढी गर्नु परेता पनि उचित मूल्यांकन मिल्दा जोश जाँगर थपिनेछ । सामाजिक कार्यमा जागृत भइनेछ । समय शुभ रहने देखिन्छ ।
विशिष्ट कार्यमा अतिथिको सत्कार पाइनेछ । घरायसी समस्या हल भएर जानेछ । प्रशंसकहरु थपिने छन् । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग नजिकिने अवसर समेत मिल्नेछ ।
वि.सं. २०७७ साल मंसिर १० गते बुधबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २५ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको एकादशी तिथि मध्यरात्रि पछि ६ः२० बजेसम्म, त्यसपछि द्वादशी तिथि रहनेछ ।
नक्षत्र | उत्तरभाद्रपदा वेलुका ८ः३४ बजेसम्म, त्यसपछि रेवती रहनेछ । |
विष्कुंभादी योग | वज्र पूर्वान्ह ९ः५५ बजेसम्म, त्यसपछि सिद्ध रहनेछ । |
आनन्दादी योग | लुम्ब । |
करण | वणिक् वेलुका ५ः२४ बजेसम्म, त्यसपछि बव रहनेछ । |
श्रीसूर्य | बृश्चिक राशिमा, चन्द्रमा : मीन राशिमा अहोरात्र व्याप्त रहनेछ । |
सूर्योदय | ६ः३४ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे । |