गरेका काम कार्यबाट सुख सन्तोष मिल्नेछ समय रहेको छ । अध्ययनमा रुचि बढ्नेछ । पुराना मित्रसँग मिलन हुनेछ । सहयोगीको उचित साथ मिल्दा नयाँ कार्यको आरम्भ गर्न सकिनेछ । श्रमको सही मूल्यांकन पाइनेछ ।
अल्छि गर्नाले महत्वपूर्ण कार्यमा पछि परिनेछ । व्यर्थको कार्यमा समय वित्नेछ । बोलि बचनमा मिठासपन ल्याउने प्रयत्न गर्नुहोला । अचल बस्तुमा गरेको लगानिबाट तत्कालै नमिलेता पनि भविष्यमा लाभ लिन पाइनेछ ।
सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ भने प्रेम प्रसंगले मूर्त रुप लिनेछ । कृति प्रदायक कार्य गरिनेछ । घरायसी समस्या हल भएर जानेछ । शुभ समाचार सुन्न पाइनेछ । ठूलाठूला कार्य पनि बोलिकै भरमा बन्नेछन् ।
आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सोचेर निर्णय लिनुहोला । लहैलहैमा लाग्दा अनावश्यक खर्चभार थपिनेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । अध्ययनमा भन्दा बाहिरी कुरामा ध्यान जानेछ ।
कलात्मक कार्यमा लागिनेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । थालेका अधिक कार्य बन्नेछन् । रमाइलो यात्राको संभावना देखिन्छ । आम्दानीका बाटाहरु फेला पर्नेछन् । दिन शुभ रहने देखिन्छ ।
नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी मिल्नेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । पारिवारिक जमघटको योग बनेको छ । दैनिक गर्दै आएका कार्यमा समेत नयाँ तौर तरिकाको प्रयोगले सहज हुनेछ ।
कृष्णपक्षको चन्द्रमा नवौं भावमा रहनाले असन्तोषी प्रवृत्ति रहनेछ । मानसिक चिन्ता, पीर बढ्नेछ । प्रशासनिक क्षेत्रका कार्य अपूरै रहनेछन् । महत्वपूर्ण कार्यमा बाधा व्यवधान उत्पन्न हुनेछ, सतर्क रहेर कार्य गर्नुहोला ।
उत्ताउलो स्वभावका कारण भनाई खानु पर्नेछ । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले अनावश्यक झमेला आइलाग्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । गोपनीयता बाहिरीँदा विपक्षीले फाइदा उठाउने छन् ।
आँटे ताकेका धेरै कार्य पूरा हुनेछन् । मनोरञ्जनात्मक समारोहमा सरीक हुने अवसर मिल्नेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउँदा कार्य गर्न सहज हुनेछ । विपरीत लिंगिको सहयोगले कार्य बन्नेछ ।
बैदेशिक क्षेत्रका अपूरा कार्य सफल बन्नेछन् । रोकिएका वित्तिय कारोवारले समेत गति लिनेछन् । व्यवसायबाट सन्तोष मिल्नेछ । सानातिना समस्यामा नआत्तिनु होला, निरन्तर लाग्दा प्रतिफल तपाईँकै पक्षमा आउनेछ ।
अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ । हतारको काम लतरपतर भने झैं हुनेछ, पूर्व तयारीका साथ कार्य गर्नुपर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ । प्रत्येक कार्य गर्दा परिवारजनको साथ सल्लाह लिएर गर्नु शुभ हुनेछ ।
आत्मबल, आत्मविश्वास घट्नेछ । बोलिकै कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्नेछ । लक्ष्यमा पुग्न कडा परिश्रमको जरुरत पर्नेछ । प्रेममा मनमुटाव हुनेछ । अरुको भरोसामा बस्दा असफल भइनेछ ।
वि.सं. २०७७ साल असोज २३ गते शुक्रबार, तदनुसार ई.सं. २०२० अक्टोबर ९ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनकृष्णपक्षको सप्तमी तिथि दिवा १२ः३६ बजेसम्म, त्यसपछि अष्टमी तिथि रहनेछ ।
नक्षत्र | आद्र्रा वेलुका ८ः३७ बजेसम्म, त्यसपछि पुनर्वसू रहनेछ । |
विष्कुंभादी योग | परिघ वेलुका १०ः५२ बजेसम्म, त्यसपछि शिव रहनेछ । |
आनन्दादी योग | आनन्दादी योग ः पद्म । |
करण | बालव रात्रि १२ः४३ बजेसम्म, त्यसपछि तैतिल रहनेछ । |
श्रीसूर्य | कन्या राशिमा, चन्द्रमा : मिथुन राशिमा अहोरात्र व्याप्त रहनेछ । |
सूर्योदय | ६ः०१ बजे, सूर्यास्त : बेलुका ५ः३९ बजे । |