घरभरै धारा

सम्पादक
कार्तिक १७, २०७७

१. पहाडी गाउँमा घरघरै पानीको धारा भन्ने सुन्दा पनि आनन्द लाग्ले । चुनावका वेला राजनीतिक पार्टीहरुले यो कुरा भन्दा भोट माग्ने बाहनामात्र लाग्दथ्यो । अर्थात् धेरैलाई घरघर पानीको धारा आउन भन्ने विश्वास नै लागेको थिएन, सपनाको कुरा जस्तो थियो । तर, अब त्यो सपना रहेन विपनमा नै परिणत भएको सुखद् समाचार आईरहेका छन् ।

२. कास्कीको रुपा गाउँपालिकामा घरघरमै धारा पुर्‍याईएको खानेपानी आयोजनाको हालै उद्घाटन भएको छ । त्यहाँ गाउँका चार हजार तीन सय घरधुरी मध्ये ९० प्रतिशत घरमा धारा पुगेको जनाईएको छ । १ देखि ७ नं. वडासम्म सञ्चालित ५७ मध्ये ५५ वटा खानेपानी योजनकाहरु पुरा भएका हुन् । गाउँपालिका कार्यालय र स्थानीय जनताको साझेदारीमा उक्त योजनाहरु सम्पन्न भएका थिए । घरघर धारा पुर्‍याउँछु भने आफूले चुनावको बेला भनेको कुरा पुग्दा जनप्रतिनिधिलाई पनि गर्व भएको छ भने जनतालाई घरमै धारा आउँदा खुशीको सीमा नै रहेन ।

३. यस्तै घरघरमै धारा पुर्‍याउने योजनासहित पोखरा–१८ को सराङकोटमा पनि खानेपानी योजनाको शुभारम्भ भएको छ । पोखराको वडा नं. १, २ र १८ सहित तीन वाडाका एक हजार बढी घरमा धारा पुर्‍याउने लक्ष्य रहेको जनाईएको छ । पोखरा महानगरपालिका र खानेपानी संस्थानको गरी उक्त योजनाको लागत ३ करोड ११ लाखको लागत रहेको छ । उक्त योजना पूरा भएपछि सराङकोटका विकट गाउँवासी सहित वडा नं. १ र २ का जनता खानेपानीको समस्याबाट मुक्त हुनेछन् ।

४. गरे के हुँदैन भन्ने उदाहरण उल्लेखित खानेपानी योजनाले दिएका छन् । देशका धेरै स्थानहरुमा अझै पनि खानेपानीको ठूलो समस्या रहेको छ । खानेपानी त बाटो घाटो र अरु निर्माणका कुराभन्दा बढी आवश्यक कुरा हो । तसर्थ खानेपानी योजनालाई पहिलो प्राथमिकता दिएर काम गर्नु जरुरी रहन्छ । खानेपानीकै अभावका कारण मानिसले बस्ती छोडेर हिड्न नपरोस भन्ने तर्फा सरकार, प्रदेश सरकार तथा नगर/गाउँपालिकाहरुले ध्यान दिएर कम अगाडी बढाउनु पर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width