विचार / लेख »

शक्ति पृथकीकरण, निर्वाचन, संविधानसभा र गिरिजाबावु

शान्तिनायक गिरिजाप्रसाद कोइरालाको अहिले तेस्रो स्मृति दिवस हामीले मनाउँदै छौं। आजभन्दा तीन वर्ष अगाडि २०६६ साल चैत्र ७ गते उहाँको देहान्त भएको थियो। दश वर्ष जनयुद्ध गरेको माओवादीलाई १२ बँुद्धे समझदारीको जगमा शान्ति प्रक्रियामा ल्याएर २०६४ सालमा उहाँले मुलुकमा संविधानसभाको निर्वाचन सम्पन्न गराउनुभएको थियो। गिरिजाबावुले आफ्नै पार्टीले हारेपनि काङ्ग्रेसले ६ दशकअघि उठाएको संविधानसभाको मुद्दालाई आफ्नो कार्यकालमा चुनाव गरेर संविधानसभाको गठन गर्नुभए पनि त्यो संविधानसभा अहिले समाप्त भएको छ। गिरिजाबावुलाई स्मरण गर्दा यो कुरा जीवन्त भएर हाम्रो अघि खडा हुन्छ। उहाँको तेस्रो स्मृति दिवस विगतको संविधानसभा विघटन भएको दश महिना पछि मनाउँदै छौं। एमाओवादीको सरकारको पालामा त्यो संविधानसभा समाप्त भएको छ।…

पण्डित दण्डपाणि शर्मालाई सम्झँदा

श्री कृष्णगण्डकी र शुक्ला गण्डकीको मध्यभागमा रहेको स्याङ्जा आँधीखोला र ज्याग्दीखोलाले बोक्ने पाँगोमाटाका कारण उर्वर छ। आँधीखोलो आफैमा सभ्यता पनि हो, त्यसैले यहाँको धर्तीमात्र होइन यहाँका आमाहरुको कोख पनि उर्वर छन्। यहाँ अनेक ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरु पनि छन्। लामो हिमशृङ्खला अवलोकन गर्न सकिने उच्चशिखरहरु छन्। आलमदेवी, गहौंकालिका, डहरेदेउराली, सतौंकालिकाजस्ता शक्तिपीठका साथै राम्दी, छायाँक्षेत्र र केलादीघाट जस्ता धार्मिकस्थलहरु पनि छन्। प्रकृति निर्मित गुफा-ओडार छन्, लामा सुरुङ् पनि छन्। यसैले यो स्याङ्जा पवित्र तीर्थस्थल पनि हो। विभिन्न कालखण्डमा यहाँको माटोले अनेक प्रतिभाहरुलाई जन्मायो। कसैले प्रशासनिक क्षेत्रमा त कसैले कूटनीति तहमा, कसैले सिर्जनामा त कसैले सां’स्कृतिक क्षेत्रमा हत्वपूर्ण कार्यहरु गरेर अमर…

नृत्य निर्देशनदेखि चलचित्र निर्देशनसम्म : गोरे गुरुङ

पोखरा साहित्य, संगीत र कलाको उर्वरभूमि हो। पोखराले जन्माएका प्रतिभाहरु जो नेपाली संंस्कृतिको क्षेत्रमा हिजो क्रियाशील थिए आज पनि छन् र भोलि पनि रहिरहनेछन्। नेपाली संस्कृति र विभिन्न जातीको संस्कृतिलाई नृत्य निर्देशन, चलचित्र निर्देशन र निर्माण गरि पोखराको गरिमालाई अझ उचाईमा पुर्‍याउने बहुमुखी प्रतिभाका धनी व्यक्तित्वको नाम हो- गोरे गुरुङ। पिता शुकलाल गुरुङ र माता डिलकुमारी गुरुङको कान्छो सन्तानको रुपमा २०३८ सालमा पोखराको शितलादेवीमा जन्मिएका गोरे गुरुङको पारिवारिक माहोल नै सांगीतिक र कलाकारितामय थियो। आफ्नो बुबा र दाजु श्याम गुरुङ नै आफ्नो प्ररेणाको स्रोत भएको कुरा उनी बताउँछन्। आफ्नो जिन्दगीको महत्वपूर्ण उमेरको १५ वर्ष कलाकारिता क्षेत्रमा नै बिताइसकेका गुरुङ यस…

एक थान सिरक अभियान : अनुभव र अनुभूति

र्फक र्फक हे जाऊ समाऊ मानिसहरूको पाउ मलम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाउ मानिस भै मानिसको त्यो दिव्य मुहार हँसाउ। स्कूल पढ्दा १० कक्षामा देवकोटाका यात्री कविताका यी हरफहरूको कति गहिराइमा अर्थ बुझेको थिएँ होला - तर जीवनका विभिन्न अवयवहरू पार गर्दै जाँदा देवकोटाका यी हरफहरूको अर्थ अझ बढी बुझदैछु। पौषको अन्तिम साता मुलुककै दूर दराजमा रहेका केही नेपाली दाजुभाइलाई भेटेर फकेपछि एकतमासले यी माथिका हरफहरू गुन्गुनाउँदै एक प्रकारको आनन्दमा गुटमुटिरहेको छु। जाडो मौसमले आफ्नो रोब देखाउँदै गर्दा विभिन्न परिवर्तनको अनुभव हाम्रा वरपर गर्न सकिन्छ। गर्मीमा कठोर लाग्ने सूर्यनारायण पनि हाम्रा पाखा पखेरामा पारिलो घाम बनेर पोखिन्छन्। पुग्नेका घरमा नम्बरी कपास…

विधि विधानसम्मत सरकार आजको अवश्यकता

माओवादी नेता प्रचण्डले सातौं महाधिवेशनको अन्तिम दिनमा छलकपटबाटै सत्ता कब्जा गर्ने शैलीमा सरकारमाथि नियन्त्रण राख्ने भाषामा पहिले तयार भएको ग्रायण्ड डिजाइनजस्तै गरि बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने अफर गरेपछि देश तर·ीत भएको छ। कार्यपालिकाको अधिनायकत्वलाई नियन्त्रण गर्ने शक्ति ‘न्यायपालिका’ मात्र रहेको र व्यवस्थापिका संसद् नरहेको अवस्थामा सरकार संचालनका दुर्इवटा अ·मात्र रहेकोमा न्यायपालिका प्रमुख नै कार्य पालिका प्रमुख समेत हुँदा लोकतन्त्र, मानवाधिकार सामाजिक न्याय र शक्ति पृथकीकरणको आदर्श सिद्धान्तमाथि गम्भीर प्रहार भएको कुरा नेपाल वार एशोसिएसन र बौद्धिक समुदायबाट उठाइएको छ। कार्यपालिका प्रमुखले गरिने कार्यहरू राजनीतिक प्रकृतिका हुन सक्दछन् र विवादास्पद हुन सक्दछन् तिनको विरोध हुन सक्दछ। कार्यपालिका, न्यायपालिका प्रमुख एउटै व्यक्ति…

एसएलसीमा पेपर, पेन्सिल, टेस्ट र यसको औचित्य

यही चैत १ गतेबाट देशभरका करिब ५ लाख ४३ हजार विद्यार्थी फलामे ढोका मानिने एसएलसी परीक्षा दिन तयार भएर बसेका छन्। उनीहरूले जीवनको लामो समय शिशु कक्षादेखि १० कक्षासम्म १२/१३ वर्ष सिकेका ज्ञानलाई फगत ३ घण्टाको परीक्षाले मापन गर्नेछ र त्यसैको आधारमा उनीहरूलाई केही महिनापछि राजहँशले झैं दूधको दूध पानीको पानी खुट्टयाएर फेल र पासको प्रमाणपत्र दिइनेछ। यो फलामे ढोका वास्तवमा नै फलामको छ। यसलाई पार नगरी कोही कसैले पनि उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनुपर्छ। यतिमात्र होइन हाम्रो जस्तो कम विकसित मुलुकमा यसको महत्त्व अझ धेरै छ। यसले कसैको वैवाहिक जीवनको ढोका खोल्छ त धेरैको रोजगारीको ढोका खोलिदिन्छ।…

एसएलसी टिप्स

परीक्षा नियन्त्रण कार्यालयको प्रारम्भिक तथ्याड्ढ अनुसार यस वर्षको आगामी चैत १ गतेदेखि १ हजार ७८६ परीक्षा केन्द्रमा सञ्चालन गरिने एसएलसी परीक्षामा ५ लाख ४७ हजार १६५ जस मध्ये नियमित तर्फ ४ लाख ३० हजार ९७ नियमित र १ लाख १७ हजार ६८ एक्जेम्प्टेड परीक्षार्थी सहभागी हुने अनुमानको आधारमा परीक्षा व्यवस्थापनको विभिन्न तयारी त्रि्रगतिमा भइराखेको छ। परीक्षालाई व्यवस्थित गर्न १७ हजार ८६ केन्द्राध्यक्ष २ हजार ६५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, ७ हजार २९७ सहयोगी तथा १९ हजार ८६० सुरक्षाकर्मी परिचालन गरिने भएको छ। परीक्षाको काउण्ट डाउन सुरु भइसकेको छ। खासगरी विद्यार्थीलाई एक्जामिनेशन फिभरले छोइसकेको छ। फलामे ढोकाको रूपमा चित्रित…

जनचेतनाका संवाहक गोरखापत्र बाजे

माघ महिनाको अन्तिम साताको एक बिहान ९:३० बजे मेरा एक जना मित्र सुरेन्द्र थापा मगरको फोन आयो, मेरो मोवाईलमा गोरखापत्र बाजेको पनि सद्गत् हुँदै रहेछ भनेर। थापाजीले पृ.ना. क्याम्पसका प्रमुख गेहेन्द्र कोर्इरालाकी माताज्यू परलोक भएको र सेतीनदीको तुलसीघाटमा दाहसंस्कार हुँदै गरेको समाचार बताउने क्रममा गरेको यस खबरले मलाई स्तब्ध बनाएको हो। अझ "गोरखापत्र बाजे" सेतीको नहरमा हाम्फालेर आत्महत्या गरेको सुन्दा त मलाई अत्यन्त दुःखी बनायो र अहिले पनि मलाई यस कुराले मर्माहत गराई रहेको छ। गोरखापत्र बाजेसँग मेरो चिनजान २०२५ सालदेखिको हो। म मेरो जन्मघर पर्वत जिल्लाको दक्षिणभेगबाट पोखरा हुँदै काठमाडौं जान आएको थिएँ। एस.एल.सी. को वाषिर्क परीक्षा दिएपछि सोको…

सन्दर्भः हलो दिवस

प्रस· आजभन्दा ६८ वर्ष पहिलेको हो।जुन ऐतिहासिक छ र पनि ओझेलमा परेको छ।अहिले आएर लामो समयान्तर पछि कृषि व्यवसायमा कृषि कर्ममा ठूलो परिवर्तन आएको छ।पहिलेजस्तो काठको हलो गोरुको मात्र भर पर्नु पर्दैन।न त कामको लागि जातभात विभेदता नै छ।आजभोलि खेती लगाउने काममा ट्रयाक्टर, आधुनिक हलो, रा’गा गाडाको प्रयोग हुन्छ र हलो जोत्ने काम सामान्य र सबै जात विशेषले सहजरूपले गर्न सक्ने भए। तर करिब सात दशक अगाडि जतिबेला क्रुर राणाशाहीहरूको विगविगी थियो जातपात उँचो निचोको विभेद, जात घटाउने बढाउने काम समेत गर्न राणाहरू पछि पर्दैनथे।त्यसबेला ब्राह्मणलाई उपल्लो दर्जामा राखेर व्यवहार गरिने र ब्राह्मणको मुख्य धर्म कर्म भनेको पढ्नु, पढाउनु, यज्ञयज्ञादि…

सर्वमान्य त्रिमूर्ति शिव परमात्माको दिव्य कर्तव्यको यादगार पर्व महाशिवरात्रि

के तपाई कल्पना गर्न सक्नुहुन्छ ? यस सृष्टिकै सवोर्च्च सत्ता, सर्वशक्तिवान सर्वमानव आत्माका पिता परमपिता परमात्मालाई अन्य कुनै मानव आत्मा, देवात्मा वा कुनै स्थूल पदार्थको रुपमा चित्रित गरिएको हुन्छ। वास्तवमा परमात्मा शिवको विषयमा यस्तै एउटा महान भूल भएको छ र त्यो महान भूललाई सच्चाउनु पर्ने आवश्यकता छ। संसारका विशेष मुस्लिम, क्रिश्चियन, बुद्ध आदि धर्महरुमा आ-आफ्ना धर्मपिताहरुलाई नै भगवानको रुपमा मानिएको हुन्छ तर हिन्दूहरुले सबै ३३ कोटी देवीदेवताहरु र परमात्मा शिवलाई एकै ठाउ“मा मिसाएर अनेकौं भगवानहरु बनाएर आफैं अन्यौलको खेती गर्नु हो। त्यतिमात्रै होइन, सर्वशक्तिवान, सर्वज्ञ, सवोर्च्च, सर्वमान्य शक्ति परमात्मालाई घटघटमा र कणकणमा मान्नु यो विल्कुल असत्य हो। परमात्मा अलग्गै अति…

मलालाको नारी शिक्षा प्रेम र नारी दिवसको सान्दर्भिकता

विगतका वर्षजस्तै यस वर्ष पनि मार्च ८ को अवसर पारेर अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ।विश्वका अधिकांश देशलगायत नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउँदै आएको यो दिवस औपचारिकतामा मात्र सिमित नराखी सम्पूर्ण महिलाहरूलाई सक्रिय बनाउँदै महिला सशक्तीकरणलाई मूर्त रूप दिँदै, महिलाका हक अधिकार, महिला अस्तित्वको सम्मान, समान अवसर, समान पहुँच, महिला हिंसा जस्ता कुरामा आवाज उठाउने कुरामा कुनै शड्ढा छैन।यसैमा यो दिवसलाई मनाउनुको सान्दर्भिकता र्ठहर्छ।महिला जागरणको यस दिनको शुभ अवसरमा विश्वका विभिन्न देशले यस दिनमा महिलालाई बिदा दिने परिपाटी रहिआएको छ।यसै दिन धेरै सचेत महिलाले महिला जागरण र सशक्तीकरणका विभिन्न कार्यक्रम आयोजना गरेर यस दिनलाई एउटा उत्सवको रूपमा मनाइरहेका छन्। यसै…

प्रश्न अधिकार वा सुरक्षाको

हरेक वर्षझैं यस वर्ष पनि विभिन्न महिलावादी र अधिकार वादी सङ्घसंस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नो वाषिर्क कार्यक्रमको रूपमा यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि व्यानर तथा प्लेकार्डहरूमा आर्कषक नारासहित तयार पार्नुको साथै अनुमानित खर्च विवरण समेत पास गराई यस वर्ष ‘महिला हिंसा अन्त्य गरौ, कुरा होइन काम गरौं’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरिरहेका छन्। यसरी विगत १०३ वर्षदेखि हरेक वर्ष एक दिन नारी दिवस औपचारिक कार्यक्रमको आयोजना गरि मनाउँदै आउँदा यस्तो लाग्छ अब सबै महिला अधिका बाट बञ्चित छैनन्। सबै आधारभूत अधिकार सबैले पाउनु भनेको ऊ पक्कै पनि समाजिक, आर्थिक, लैङ्गकि, कानुनी रूपबाट र…