राशिफल

२०७७ कर्तिक ४ गते, मंगलबार

मेष

लक्ष्यमा पुग्न कडा परिश्रम गर्नुपर्ला । आफन्तजनसँग बैरभाव उत्पन्न हुनेछ । आयदर घट्नेछ । शारीरिक आलस्यताका कराण काम गर्न मन लाग्ने छैन । गर्नैपर्ने कार्यमा समेत ढिला सुस्तीले गर्दा पछि परिनेछ ।

बृष

व्यवसायबाट उचित लाभ उठाउन सक्दा हौसला थपिनेछ । भविष्यका लागि कार्ययोजना बन्नेछन् । अध्ययनमा रुचि बढ्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । प्रीयजनसँगको रमाइलो भ्रमण हुनेछ ।

मिथुन

अघिदेखि अल्झिएर रहेका कार्यले स्थान पाउने छन् । व्यवहारिक पक्ष सबल रहनेछ । श्रमको मूल्यांकन हुनेछ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा नाफा दर बढाउन सकिने छ । व्यवसायबाट मनग्य नाफा कमाइनेछ ।

कर्कट

पारिवारिक जमघटले मन रमाइलो वातावरण बन्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । सन्तानको साथ सहयोगले कार्य बन्नेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको संकेत देखिन्छ ।

सिंह

प्रतिक्षित नतिजामा गिरावट आउँदा नैराश्यता छाउनेछ । नयाँ लगानि त्यत्ति शुभ देखिन्न । अध्ययनमा अल्लि जोड दिनु पर्नेछ । झन्झटिला कार्यको सामना गर्नु पर्ला । मैत्री भावले काम कार्य गर्नुहोला ।

कन्या

साझेदारी काम कार्यको सुरुवाती हुनेछ । विपक्षीसँग मेलमिलाप गरेर अघि बढ्दा लाभ मिल्नेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी लाग्नेछ । दाजुभाईको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ ।

तुला

धन सञ्चय गर्न मन लाग्नेछ । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व रहनेछ । पढाइमा रुचि जाग्नेछ । घरायसी समस्या हल भएर जानेछ । सामाजिक कार्यबाट जस मिल्नेछ । लगनशिल भएर लाग्नु होला ।

वृश्चिक

तपाईँको काम गर्ने शैलीले गर्दा धेरै व्यक्तिको प्रशंसा पाइनेछ । आर्थिक पक्ष सबल रहनेछ । बल, बुद्धिको सही ठाउँमा प्रयोग गर्नाले विशेष कार्य बन्नेछ । स्वास्थ्य ठीकठाक नै रहनेछ । हर्ष बढ्नेछ ।

धनु

विपक्षीले दुःख दिने छन् । अनावश्यक कार्यमा ध्यान दिँदा गर्नैपर्ने कार्य भने अलमलमा पर्नेछ । सञ्चित धन खर्च हुनेछ । गरिरहेको कार्य छाड्नु पर्दा चिन्ता छाउनेछ । मान्यजनको सहयोगले कार्य गर्नुहोला ।

मकर

सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । इच्छा, आकङ्क्षाहरु थपिने छन् । शैक्षिक क्षेत्रमा उन्नति, चासो रहनेछ । लामो समयदेखि रोकिएको कार्यले गति लिनेछ । व्यवस्थापन पक्ष सवल रहनेछ ।

कुम्भ

इमान्दारीताको कदर हुनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । शुभ खबर मिल्नेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । कार्य गर्ने वातावरण बन्नेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ ।

मीन

धर्मकर्ममा रुचि बढ्नेछ । समस्या निराकरण गर्न सकिनेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । प्रतिष्पर्धात्मक काम कार्यमा अग्रपंक्तिमा आइनेछ । भाग्यले साथ दिँदा गरेका काम कार्य एकाएक सफल हुनेछन् ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक ४ गते मंगलबार, तदनुसार ई.सं. २०२० अक्टोबर २० तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार आश्विनशुक्लपक्षको चतुर्थी तिथि वेलुका ४ः४२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि रहनेछ ।

नक्षत्र अनुराधा पूर्वान्ह ९ः४० बजेसम्म, त्यसपछि ज्येष्ठा रहनेछ ।
विष्कुंभादी योग सौभाग्य वेलुका ४ः१७ बजेसम्म, त्यसपछि शोभन रहनेछ ।
आनन्दादी योग वज्र ।
करण बव रात्रि ३ः४४ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : बृश्चिक राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः०७ बजे, सूर्यास्त : बेलुका ५ः२८ बजे ।