राशिफल

२०७७ कार्तिक ३ गते सोमबार

मेष

स्वास्थ्य कमजोर बन्नेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन्, सजक रहनु होला । आर्थिक कारोवारमा समस्या उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ । सोचे अनुरुप कार्य नबन्दा नैराश्यता छाउनेछ ।

बृष

विशिष्ट कार्यको जिम्मेवारी मिल्नेछ । ऐतिहासिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ पाइनेछ । उत्साह उमंग छाउनेछ । मन मिल्ने व्यक्तिसँग भेट हुनेछ । पतिपत्नी बिचको सम्बन्ध प्रगाढ रहनेछ ।

मिथुन

विपक्षी समेत मेलमिलापमा आउन बाध्य हुनेछन् । सामान्य झमेला आइलागे तापनि दृढताका साथ कार्यमा लाग्नुहोस्, जित तपाईँको नै हुनेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । समर्थकहरु बढ्ने छन् ।

कर्कट

स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । मानसिक क्षमताको कदर हुनेछ । शत्रू पक्ष कमजोर बन्ने छन् । भोजभतेरको निम्तो पाइनेछ । अघिदेखिका समस्या हल भएर जानेछन् ।

सिंह

आफन्तजनसँग नै विवाद होला । असन्तोषी प्रवृत्तिले सताउनेछ । श्रमको सही मूल्यांकन मिल्ने छैन । मातृ पक्षको साथ सहयोगले कार्य गर्नुहोला । दैनिक गर्दै आएका कार्यमा समेत समस्या सृजना हुनेछ ।

कन्या

कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आजको दिन विशेष लाभकारक रहनेछ । सृजनात्मक कार्यमा मन रमाउला । हर्ष बढ्नेछ । साथीसंगीसँगको रमाइलो जमघट हुनेछ । पराक्रम बढेर जानेछ ।

तुला

अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा लाभ लिन पाइनेछ । मन खुसी रहला । द्वितीय भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले अलमलको वातावरण बन्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्नु होला ।

वृश्चिक

बोलिकै भरमा ठूला ठूला कार्य बन्ने छन् । शैक्षिक क्षेत्रमा चासो रहनेछ । भौतिक सुख सुविस्ताका साधनहरु जुट्ने छन् । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्नेछ । समय सुधारोन्मुख रहेको छ ।

धनु

आम्दानिको तुलनामा खर्चको मात्रा ज्यादा हुँदा तालमेल मिलाउन गाह्रो पर्नेछ । असन्तोषी प्रवृत्ति रहनेछ । टाढाको यात्रा कष्टकर रहला । संयम रहनु पर्नेछ । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण अवसर फुत्कनेछ ।

मकर

सानो लगानिले नै धेरै लाभ मिल्दा, हर्ष बढ्नेछ । अवसरहरुहले पछ्याउने छन् । नयाँ मित्र बनाइनेछ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । आकस्मिक लाभ हुनेछ । आय मूलक कार्यमा ध्यान जानेछ ।

कुम्भ

आर्थिक पक्ष बलियो रहँदा लगानि गरिनेछ । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । आत्मबल आत्मविश्वास थपिनेछ । विशिष्ट व्यक्तिसँग सम्पर्क बढ्नेछ ।

मीन

टाढिएका आफन्तजनसँग मिलन हुनेछ । परोपकारी कार्यमा सहभागी भइनेछ । जिम्मेवारी बढ्नेछ । रोकिएका वित्तिय कारोवारले गतिलिने छन् । स्वास्थ्यमा सुधार होला । अवसर प्राप्तिको योग बनेको छ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक ३ गते सोमबार, तदनुसार ई.सं. २०२० अक्टोबर १९ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार आश्विनशुक्लपक्षको तृतीया तिथि वेलुका ६ः४८ बजेसम्म, त्यसपछि चतुर्थी तिथि रहनेछ ।

नक्षत्र विशाखा पूर्वान्ह ११ः०७ बजेसम्म, त्यसपछि अनुराधा रहनेछ ।
विष्कुंभादी योग आयुष्मान् वेलुका ७ः०७ बजेसम्म, त्यसपछि सौभाग्य रहनेछ ।
आनन्दादी योग : मित्र ।
करण :तैतिल विहान ७ः५६ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य श्रीसूर्य : तुला राशिमा, चन्द्रमा : बृश्चिक राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः०७ बजे, सूर्यास्त : बेलुका ५ः२९ बजे ।