राशिफल

२०७७ साल कार्तिक २५ गते मंगलबार

मेष

नोकरीमा भनाई खानु पर्नेछ । असन्तुष्टिपनाले छाड्ने छैन । आफन्तजनको सहयोगले कार्यलाई अघि बढाउँदा भने सफल भइनेछ । अध्ययन अध्यापन क्षेत्रमा सुधार हुनेछ । स्वास्थ्यमा समेत क्रमिक सुधारको संकेत देखिन्छ ।

बृष

ढिला सुस्तिका कारण विशेष अवसर फुत्कनेछ । विवादित कार्यको नेतृत्व गर्नुपर्दा दिक्क लाग्नेछ । गोपनीयता बाहिरीँदा विपक्षीले स्थान पाउने छन् । आफन्तजनसँग नै विवाद पर्नेछ । जागरुकका साथ कार्यमा लाग्नुहोला ।

मिथुन

सुख सुविस्ताका साधनहरु जुट्ने छन् । मित्रजनको साथ सहयोगले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । शुभ खबर सुन्न पाइनेछ । व्यापार व्यवसायमा आयदर बढ्नेछ । कलात्मक कार्यमा मन रमाउनेछ । दिन शुभ रहनेछ ।

कर्कट

व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ, सजक रहनुपर्नेछ । हतारको निर्णयले समस्यामा परिनेछ । एकल प्रयास भन्दा आज अग्रज व्यक्ति र कुटुम्ब पक्षको सरसल्लाहमा अघि बढ्नु उचित हुनेछ ।

सिंह

मनोरञ्जनात्मक समारोहमा सहभागी हुने मौका मिल्नेछ । कला र गलाको प्रशंसा हुनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । शत्रु पनि मेलमिलापमा आउँदा कार्य गर्न सहज हुनेछ ।

कन्या

जिद्दि गर्ने बानिले विवाद पर्नेछ । आयको तुलनामा व्ययभार बढ्नाले आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । सामान्य कार्यमा नै भुल्नाले महत्वपूर्ण कार्य ओझेलमा पर्नेछ । स्वास्थ्य समस्या यथावत् नै रहनेछ ।

तुला

परिश्रमको सही मुल्यांकन मिल्दा हौसला बढ्नेछ । पारिवारिक जमघटले मन फुरुंग बन्नेछ । आकस्मिक रमाइलो यात्राको अवसर जुट्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । कृतिप्रदायक कार्य गरिनेछ ।

वृश्चिक

व्यक्तित्व विकासको समय रहेकोे छ । शुभ खबर मिल्नेछ । पिताको सहयोगले अघि बढ्दा कार्यहरु सहज तवरले बन्नेछन् । सामाजिक कार्यबाट प्रशंसा बटुलिनेछ । नयाँ जिम्मेवारी बढ्नेछ । बोलिको कदर हुनेछ ।

धनु

नोकरीमा अपजस एवं आलोचित भइनेछ । मिहिनेत अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जाँगर घट्नेछ । अवसर हुँदाहुँदै पनि पछि परिनेछ । परोपकारी कार्यमा भने अग्रसरता रहनेछ । ठूलो लगानि उचित देखिन्न ।

मकर

शारीरिक आलस्यताले कार्य गर्न सकिने छैन । व्यवसायमा मन्दीपन रहनेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ । दैनिक गर्दै आएका कार्यमा समेत विघ्नबाधा आउनेछ । अशुभ खबर सुन्नु पर्नेछ ।

कुम्भ

काम प्रतिको लगनशिलता बढेर जानेछ । शैक्षिक, सामाजिक एवं राजनैतिक क्षेत्रमा समेत अग्रस्थान मिल्नेछ । सोचे अनुरुपका काम कार्य पूरा हुँदा हर्ष बढ्नेछ । विपरीत लिंगीको साथ सहयोगले कार्य बन्नेछ ।

मीन

नोकरीमा सामान्य विवाद भएता पनि जीत तपाईँकै हुनेछ । घरायसी सरसामान जोडिनेछ । रोकिएको वित्तिय कारोवार सुचारु हुनेछ । व्यापार व्यवसायबाट आयदर बढ्नेछ । अवसरहरुले पछ्याउने छन् ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक २५ गते मंगलबार, तदनुसार ई.सं. २०२० नोभेम्बर १० तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको दशमी तिथि वेलुका १०ः३८ बजेसम्म, त्यसपछि एकादशी तिथि रहनेछ ।

नक्षत्र पूर्वफाल्गुनी रात्रि ३ः०२ बजेसम्म, त्यसपछि उत्तरफाल्गुनी रहनेछ ।
विष्कुंभादी योग ऐन्द्र वेलुका ८ः१० बजेसम्म, त्यसपछि वैधृती रहनेछ ।
आनन्दादी योग धूम्र ।
करण वणिक् पूर्वान्ह ११ः३१ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : सिंह राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः२२ बजे, सूर्यास्त : बेलुका ५ः१२ बजे ।