राशिफल

२०७७ साल कार्तिक २४ गते सोमबार

मेष

शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा आउँदा मन खुसी रहनेछ । आकस्मिक लाभ हुनेछ । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । नयाँ अवसरहरु जुट्ने छन् । सकारात्मक सोच विचार रहनेछ ।

बृष

आर्थिक पक्ष कमजोर बन्नेछ । मानसिक चिन्ता, पीरले सताउनेछ । बन्धुवान्धवसँग बोलिकै कराण सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाइ खानु पर्नेछ ।

मिथुन

मनमिल्ने व्यक्तिसँगको रमाइलो भ्रमण हुनेछ । सहमति र सहकार्यको वातावरणले गर्दा सहज तवरले कार्य बन्ने छन् । मिहिनेत अनुसारको प्रतिफल मिल्दा खुसी लाग्नेछ । काम गर्ने जोश जाँगर थपिनेछ ।

कर्कट

अल्छि गर्ने वानीले पछि परिनेछ, जागरुक रहनु होला । अचल वस्तुमा गरेको लगानिले पछि ठूलो फाइदा दिलाउने छ । धार्मिक एवं सामाजिक कार्यबाट उच्च सम्मान मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।

सिंह

बोलि विक्ने समय रहेको छ । सान्दर्भिक कार्यको शुरुवाति गरिनेछ । इमान्दारीताको कदर हुनेछ । श्रृंगारिक कार्यमा मन जानेछ । ठूला व्यक्तिसँग संगत रहनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ ।

कन्या

पढाइलेखाइमा भन्दा बाहिरी कुरामा मन जानेछ । दैनिक कामकाजमा पनि समस्या सृजना हुनेछ । हिनताबोधले गर्दा कार्य गर्न मन लाग्ने छैन । स्वास्थ्य कमजोर बन्नेछ । अनावश्यक कार्यमा खर्चभार बढ्नेछ ।

तुला

नयाँ नयाँ वस्तुको प्रयोग गर्न पाइनेछ । आर्थिक आम्दानीमा बढोत्तरी भएर जानेछ । गुमेको धनरकम हात पर्दा प्रसन्न भइनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । मया–प्रेमको बन्धन झन् कसिलो बन्नेछ ।

वृश्चिक

विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । काम अनुसारको नाम, दाम मिल्नेछ । कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ । घरायसी समस्या हल हुनेछ । नयाँ सिप सिक्ने अवसर मिल्नेछ ।

धनु

सहयोगीहरुको साथले अपूरा कार्यलाई अघि बढाउन सकिनेछ । बल, विद्या, नाम, दाम मिल्ने समय रहेको छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । अध्ययनमा चासो बढ्नेछ । समय सुधारोन्मुख रहनेछ ।

मकर

अरुले गरेको गल्तिको आरोप तपाईँलाई आउन सक्छ, सतर्क रहनु होला । अरुको नियम, नियन्त्रणमा बस्न सकिने छैन । नयाँ कार्यको थालनि गर्दा बाधा अड्चनहरु देखा पर्ने छन् । दैनिक कार्यमा नै व्यस्थ रहनुहोला ।

कुम्भ

हर्षको खबर मिल्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । थालेका अधिकांश कार्य पूरा हुँदा मन हर्षित बन्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । प्रेम प्रसंग चल्नेछ । नेतृत्व गणसँग निकटता रहनेछ ।

मीन

पूर्व तयारीका साथ लाग्दा धेरै कार्यहरु बन्नेछन् । वैदेशिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा खुसीयाली छाउनेछ । स्थान, मान प्रप्तिको योग बनेको छ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक २४ गते सोमबार, तदनुसार ई.सं. २०२० नोभेम्बर ९ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको नवमी तिथि रात्रि १२ः१८ बजेसम्म, त्यसपछि दशमी तिथि रहनेछ ।

नक्षत्र मघा रात्रि ४ः०४ बजेसम्म, त्यसपछि पूर्वफाल्गुनी रहनेछ ।
विष्कुंभादी योग ब्रह्म वेलुका १०ः४१ बजेसम्म, त्यसपछि ऐन्द्र रहनेछ ।
आनन्दादी योग ध्वांक्ष ।
करण तैतिल दिवा १ः०० बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : सिंह राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः२१ बजे, सूर्यास्त : बेलुका ५ः१३ बजे ।