राशिफल

२०७७ साल कार्तिक २२ गते शनिबार

मेष

स्वास्थ्य समस्याले सताउनेछ । आर्थिक अवस्था कमजोर बन्नेछ । विपक्षीले कमजोरीको फाइदा उठाउने छन् । काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । नयाँ कार्य थाल्नु र टाढाको यात्रामा निस्कनु उचित देखिन्न ।

बृष

साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्नेछन् । हर्षको खबर मिल्नेछ । सान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ ।

मिथुन

सञ्चित धन रकम खर्च गर्नु पर्नेछ । ढिलासुस्तीका कारण महत्वपूर्ण मौका फुत्कनेछ । जिद्दि गर्नाले मान्यजनहरु रुष्ट बन्नेछन् । सहयोगीहरुले साथ छाड्ने छन् । अनावश्यक कार्यमा भुल्दा समयको बरवादी मात्र हुनेछ ।

कर्कट

अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शैक्षिक गतिविधिमा उन्नति हुनेछ । देशदेशान्तरसम्म प्रभुत्व जमाउन सकिनेछ । बोलिको कदर हुनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ ।

सिंह

विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत बाधा तथा समस्या सृजना हुनेछ । खर्चको मात्रा बढेर जानेछ । असन्तोषी प्रबृत्तिले सताउनेछ । सामान्य कार्यमा भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य अन्योलमा पर्नेछ ।

कन्या

व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । आम्दानीका स्रोतहरु फेला पर्नेछन् । रोकिएका वित्तीय कारोवार सुचारु हुनेछन् । नयाँ सम्झौताले पछिसम्म लाभ मिल्नेछ । सानो लगानीले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ ।

तुला

ऐतिहासिक कार्यको आरम्भ गरिनेछ । इमान्दारीताको कदर हुनेछ भने विशेष कार्यको जिम्मेवारी समेत मिल्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । कर्म क्षेत्रमा परिवर्तन आउनेछ । नयाँ ठाउँको भ्रमणको योग बनेको छ ।

वृश्चिक

सकारात्मक सोच विचार रहेता पनि विवादमा परिन सक्छ, बोलिमा ख्याल पु¥याउनु होला । आर्थिक पक्षमा सुधार हुँदा, व्यवहार मिलाउन सकिनेछ । कार्य गर्दा नहतारिनु होला, दिन मिश्रीत फलदायी रहेको छ ।

धनु

अष्टमेश चन्द्रमा ग्रहले गर्दा शारीरिक कमजोरी, बोलिको अपव्याख्या तथा कडा परिश्रम गर्दा पनि जस मिल्ने देखिँदैन । आर्थिक आम्दानि भएता पनि सही प्रयोग गर्न सकिने छैन । मान्यजनको परामर्श आवश्यक देखिन्छ ।

मकर

कामको सिलसिलामा रमाइलो यात्राको अवसर मिल्नेछ । नोकरीमा प्रशंसा एवं नयाँ अवसर मिल्नेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । प्रेमीप्रेमी बिचको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ

कार्यशैलीले गर्दा धेरैको मन मष्तिस्कमा बस्न सकिनेछ । व्यवसायको आयबाट सन्तुष्टि मिल्नेछ । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । घरायसी समस्या हल हुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

मीन

अघिल्लो दिनको तुलनामा आंशिक सुधार भएता पनि दुःख अनुरुपको लाभ भने मिल्ने छैन । मन वेचैन रहनेछ । नोकरीमा अपजस व्यहोर्नु पर्नेछ । आज विशेष गरेर विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक २२ गते शनिबार, तदनुसार ई.सं. २०२० नोभेम्बर ७ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको सप्तमी तिथि रात्रि २ः२९ बजेसम्म, त्यसपछि अष्टमी तिथि रहनेछ ।

नक्षत्र तिष्य भोलि विहान ५ः०३ बजेसम्म, त्यसपछि अश्लेषा रहनेछ ।
विष्कुंभादी योग शुभ रात्रि २ः४७ बजेसम्म, त्यसपछि शुक्ल रहनेछ ।
आनन्दादी योग मित्र ।
करण भद्रा दिवा २ः४५ बजेसम्म, त्यसपछि बालव रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : कर्कट राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः२० बजे, सूर्यास्त : बेलुका ५ः१४ बजे ।