राशिफल

२०७७ साल कार्तिक १७ गते सोमबार

मेष

मन वेचैन रहनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । चिन्ता, पीरले छाड्ने छैन । स्वास्थ्य कमजोर बन्दा गर्दै गरेका काम कार्य पनि छाड्नु पर्नेछ । कुटुम्बको साथ सहयोग लिएर कार्य गर्दा सफल भइनेछ ।

बृष

रोकिएका कार्यलाई अघि बढाउन सकिनेछ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ । आत्मकारक ग्रहको पूर्ण साथ मिलेको छ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा दैनिक काम कार्यमा समेत सहजताको अनुभव हुनेछ ।

मिथुन

खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन कठिन हुनेछ । बोलिको गलत अर्थ लाग्न सक्छ, बोली बचनमा संयमता अपनाउनु पर्नेछ । धेरै दुःख गर्दा पनि न्यून प्रतिफलमा नै चित्त बुझाउनु पर्नेछ । संयम रहनुहोला ।

कर्कट

आकस्मिक धनलाभको योग बनेको छ । व्यवहारिक पक्ष सबल रहनेछ । सुखसुविस्ता उपभोग गर्न पाइनेछ । व्यवसायमा सोचे भन्दा बढी लाभ मिल्दा खुसीयाली छाउनेछ । नयाँ–नयाँ अवसरहरुले पछ्याउने छन् ।

सिंह

कर्म प्राप्तिको योग बनेको छ । धेरै व्यक्तिको विश्वासको पात्र बनिनेछ । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । नयाँ कार्यको प्रस्ताव समेत आउनेछ । तपाईँको काम गर्ने कलाले गर्दा प्रशंसकहरु बढ्ने छन् ।

कन्या

व्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण मौका फुत्कनेछ । नोकरीमा अपजस व्यहोर्नु परेता पनि व्यापार व्यवसायबाट भने सामान्यतया लाभकारी समय रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । सद्विचारको उदय हुनेछ ।

तुला

विना सोच विचार लगानि गर्दा धनरकम फस्नेछ । झन्झटिला कार्य आइलाग्ने छन् । इच्छा शक्ति घट्नेछ । अरुका काम कार्यमा लाग्दा आफ्ना कार्यले भने विश्राम लिनेछन् । दैनिकीमा नै व्यस्थ रहनुहोला ।

वृश्चिक

आकर्षण शक्ति बढेर जानेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध सुमधुर बन्नेछ । प्रियजनसँगको रमाइलो भेटघाट होला । खुसीको खबर मिल्नेछ । काम गरेर चित्त बुझाउन सक्दा विशेष कार्यको नेतृत्व मिल्नेछ ।

धनु

सामान्य झन्झटको सामना गर्नु परेता पनि नतिजा तपाईँकै पोल्टामा पर्नेछ । धन संचय गर्न मन लाग्नेछ । प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । मान्यजनको सरसल्लाह लिएर कार्य गर्दा सफल भइनेछ ।

मकर

पारिवारिक समस्याले गर्दा कार्य क्षेत्रमा समेत व्यवधान आउनेछ । सञ्चित धनरकम खर्च हुनेछ । असन्तोषी प्रवृत्ति रहनेछ । खानपानकै कारण स्वास्थ्य कमजोर बन्न सक्छ, विशेष ख्याल पु¥याउनु होला ।

कुम्भ

वैचारिक मतभेदका कारण विवादको स्थिति सृजना हुनेछ । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले दुःखको सामना गर्नुपर्नेछ । कठोर बोलिका कारण आफन्तजनहरु टाढिने छन् । मातृपक्षको सहयोगले कार्य गर्नुहोला ।

मीन

एकल प्रयासले नै महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । व्यवसायमा अपेक्षित लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । पराक्रम बढेर जानेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक १७ गते सोमबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको द्वितीया तिथि वेलुका ११ः३२ बजेसम्म, त्यसपछि तृतीया तिथि रहनेछ ।

नक्षत्र कृत्तिका वेलुका ११ः२१ बजेसम्म, त्यसपछि रोहिणी रहनेछ ।
विष्कुंभादी योग वरीयान् अहोरात्र व्याप्त रहनेछ ।
आनन्दादी योग स्थिर ।
करण तैतिल पूर्वान्ह १०ः३७ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : वृष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः१६ बजे, सूर्यास्त : बेलुका ५ः१७ बजे ।