राशिफल

२०७७ मंसिर ८ गते सोमबार

मेष

सृजनात्मक कार्यमा मन जानेछ । साथीभाइसँगको रमाइलो यात्रा होला । आर्थिक पक्ष बलियो रहनेछ । सहमति र सहकार्यको वातावरण बन्नेछ । व्यापार व्यवसायमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ ।

बृष

अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । राजनैतिक एवं सामाजिक क्षेत्रमा नयाँ पद प्रतिष्ठा मिल्नेछ । मन खुसी रहनेछ । वक्तव्य कलाले समाजमा वेग्लै तर· पैदा गर्नेछ । नयाँ कार्यको प्रस्ताव आउने छन् ।

मिथुन

परोपकारी कार्यमा समय विताउन पाउँदा आनन्द लाग्नेछ । सहयोगीले साथ दिँदा सुरु गरेका अधिक कार्यले पूर्णता पाउने छन् ।समय शुभ रहेको छ । पढाइलेखाइमा मन जानेछ । धर्मकर्ममा रुचि बढ्नेछ ।

कर्कट

अरुको भर विश्वासमा पर्दा महत्वपूर्ण अवसर गुम्नेछ । स्वास्थ्य समस्या कायमै रहनेछ । नोकरीमा अपजस व्यहोर्नु पर्नेछ । हतारको निर्णयले समस्यामा पार्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्नुहोला ।

सिंह

प्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहनेछ । अरुलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आकर्षण शक्ति बढेर जानेछ । मानसिक क्षमतामा समेत बृद्धि विकास हुने देखिन्छ ।

कन्या

विपक्षीलाई पछि पार्दै लक्ष्यमा पुग्न सकिनेछ । छैटौं भावको चन्द्रमाले सानातिना झमेला आइलागेता पनि बुद्धिमता ढंगले अघि बढ्दा जीत आफ्नै पोल्टामा पार्न सकिनेछ । आर्थिक पक्ष बलियो रहनेछ ।

तुला

श्रमको सही मूल्यांकन मिल्दा कार्य गर्ने हौसला थपिनेछ । विद्यार्थी वर्गले अध्ययनमा जोड दिनुहोला । कामको सिलसिलामा रमाइलो यात्रा हुनेछ । सामान्य मिहिनेतले नै सिप सिक्न र बुझ्न सकिनेछ ।

वृश्चिक

अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले समस्या सृजना हुन सक्छ, सजक रहनु होला । कठोर बोलि व्यवहारका कारण आफन्तजनसँग नै विवाद पर्नेछ । काम गरेर चित्त बुझाउन नसक्दा हैरानि लाग्नेछ ।

धनु

सोचे अनुरुप काम कार्य बन्दा खुसी लाग्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । पराक्रम बढेर जानेछ । खुसी बढ्नेछ । जोखिम युक्त कार्यलाई पनि सहज ढंगले गर्न सक्दा प्रशंसकहरु थपिने छन् ।

मकर

मांगलिक कार्यमा सहभागी भइनेछ । कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ । अल्छि गर्नाले विशेष अवसर गुम्न सक्छ, जागरुक भएर कार्यमा लाग्नु होला । व्यवसायबाट भने अपेक्षित लाभ मिल्नेछ ।

कुम्भ

अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने छ । प्रतिक्षित नतिजामा सफल भइनेछ । नयाँ अवसर मिल्नेछ । ठूला व्यक्तिको संगत गर्न पाइनेछ ।

मीन

घरायसी समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । सञ्चित धन खर्च गर्नु पर्दा नैराश्यता छाउनेछ । पूर्व तयारी र टिपोट गरेर कार्य गर्नुहोला । बोलिको गलत अर्थ लगाउन सक्छन्, सजक रहनु होला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर ८ गते सोमबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २३ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको नवमी तिथि रात्रि ३ः१३ बजेसम्म, त्यसपछि दशमी तिथि रहनेछ ।

नक्षत्र शतभिषा वेलुका ४ः४६ बजेसम्म, त्यसपछि पूर्वभाद्रपदा रहनेछ ।
विष्कुंभादी योग व्याघात पूर्वान्ह १०ः१७ बजेसम्म, त्यसपछि हर्षण रहनेछ ।
आनन्दादी योग अमृत ।
करण बालव दिवा २ः४२ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : कुम्भ राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः३२ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।