राशिफल

२०७७ मंसिर ७ गते आइतबार

मेष

नयाँ अवसरले पछ्याउने छन् । घरमा नयाँ अतिथिको सत्कार गर्न पाइनेछ । आय–आर्जन बढ्दा मन आनन्दित रहनेछ । श्रमको मूल्यांकन मिल्नेछ । सांगीतिक क्षेत्रबाट सम्मान पाइनेछ । आकस्मिक लाभले मन फुरु· बन्नेछ ।

बृष

सहमतिद्वारा समस्याको निराकरण गर्न सकिनेछ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ भने नयाँ संझौता समेत गरिनेछ । न्यायिक कार्यमा चासो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो बन्नेछ । धार्मिक आस्था जाग्नेछ ।

मिथुन

भाग्यले साथ दिँदा अघिदेखि रोकिएका काम कार्यलाई अघि बढाउन सकिनेछ । कामप्रतिको लगनशिलता बढ्नेछ । कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार आउनेछ ।

कर्कट

तपाईँको बोलिको गलत अर्थ लगाउन सक्छन्, सजक रहनु होला । नयाँ संझौता एवं टाढाको यात्रा शुभ देखिँदैन । आर्थिक लेनदेनमा विवाद बढ्नेछ । अनावश्यक कार्यमा धनरकम खर्च हुँदा नैराश्यता छाउनेछ ।

सिंह

मनमिल्ने व्यक्तिसँगको रमाइलो भ्रमण नहोला भन्न सकिन्न । नेतृत्व गणसँग नजिकिने अवसर मिल्नेछ । तपाईँको काम गर्ने कलाले धेरै व्यक्ति प्रभावित हुनेछन् । विपरित लिंगीको सहयोगले कार्य बन्नेछन् ।

कन्या

श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । सानातिना समस्या आएता पनि जीत तपाईँकै पक्षमा हुनेछ । व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नाम, दाम दुबै मिल्ने समय रहेको छ ।

तुला

विवादित कार्यको अन्त्य हुनेछ । मांगलिक समारोहमा सरिक हुने मौका जुट्नेछ । अध्ययन अध्यापन क्षेत्रमा विशेष प्रगति हुनेछ । परिवारजनको साथ, सहयोगले कार्यहरु बन्नेछन् । मनमा शान्तिको अनुभूति हुनेछ ।

वृश्चिक

असहज एवं अप्जसिला परिस्थितिको सामना गर्नुपर्नेछ । जिद्दि गर्ने बानिका कारण बन्नै आँटेका कार्यमा समेत अवरोध सृजना हुनेछ । अरुको लहैलहैमा लाग्दा धनको नोक्सानी र समयको बरवादी मात्र हुनेछ ।

धनु

मानसिक क्षमताको कदर हुनेछ । प्रेमभाव जागृत हुनेछ । कृषि एवं श्रममार्गबाट उचित लाभांश मिल्दा खुसीयाली वातावरण बन्नेछ । साथीसंगीको साथले गर्दा विग्रनै आँटेका कार्य पनि बन्नेछन् । साझेदारी कार्यबाट लाभ मिल्नेछ ।

मकर

अचल वस्तुमा गरेको लगानिले दीर्घकालिन रुपमा फाइदा लिन पाइनेछ । सहयोगीहरुको साथले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । पूर्व टीपोट गरेर कार्य गर्ने बानीको विकास हुनेछ । देशदेशान्तरसम्म प्रभुत्व रहनेछ ।

कुम्भ

जोखिम युक्त कार्यलाई पनि सरल तवसरले गर्न सक्दा, समर्थक बढ्ने छन् । ठूला व्यक्तिको संगत गर्न पाइनेछ । काम गरेर विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । दिन हर्षाेल्लास पूर्व वित्ने देखिन्छ ।

मीन

आर्थिक लेनदेनमा विवाद बढ्न सक्छ, नयाँ कारोवार नगर्नुहोला । झन्झटिला कार्यहरु मात्र आइलाग्नेछन् । धेरै परिश्रम गरेता पनि न्यून प्रतिफलमा नै चित्त बुझाउनु पर्नेछ । सञ्चित धनरकम खर्च गर्नुपर्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर ७ गते आइतबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २२ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको अष्टमी तिथि रात्रि २ः२० बजेसम्म, त्यसपछि नवमी तिथि रहनेछ ।

नक्षत्र धनिष्ठा दिवा ३ः३३ बजेसम्म, त्यसपछि शतभिषा रहनेछ ।
विष्कुंभादी योग ध्रुव पूर्वान्ह ११ः०२ बजेसम्म, त्यसपछि व्याघात रहनेछ ।
आनन्दादी योग मात· ।
करण भद्रा दिवा २ः०५ बजेसम्म, त्यसपछि बालव रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : कुम्भ राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः३१ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।