राशिफल

२०७७ मंसिर २५ गते बिहीवार

मेष

सामान्य झमेला आइलाग्नेछ । तर आर्थिक पक्ष भने बलियो रहेको छ । श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि विशेष लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्न पाइनेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा हर्ष बढ्नेछ ।

बृष

पारिवारिक एवं स्वास्थ्य समस्यामासमेत सुधार हुनेछ । सृजनात्मक कार्यमा मन जानेछ । शैक्षिक क्षेत्रमा विशेष उन्नति हुनेछ । सन्तानको साथ सहयोग पाइनेछ । आफन्तजनसँग टाढिएको सम्बन्धमा सुधार आउनेछ ।

मिथुन

अरु व्यक्तिको विश्वासमा कार्य छाड्दा काम व्यवारिसे बन्नेछ, सजक रहनुहोला । नजिकका व्यक्तिसँग नै विवाद बढ्न सक्छ, बोलि बचनमा सजकता अपनाउनु होला । व्यर्थको कार्यमा भुल्दा विशेष अवसर गुम्नेछ ।

कर्कट

सहोदरका व्यक्तिको साथ सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । आर्थिक पक्ष सबल रहनेछ । मिहिनेती प्रवृत्तिको विकास हुनेछ । मित्र मिलन हुनेछ । मनोरञ्जनात्मक कार्यमा मन मिल्ने व्यक्तिसँग सहभागी भइनेछ ।

सिंह

शारीरिक आलस्यताले कार्य गर्न सकिने छैन । कुटुम्बको साथ सहयोगले अघि बढ्दा काम बन्नेछ । अचल वस्तुमा गरेको लगानीले दिगो रुपमा फाइदा लिन पाइनेछ । धन सञ्चय गर्ने वातावरण बन्नेछ ।

कन्या

काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । ठूला व्यक्तिको साथ मिल्ने देखिन्छ । मित्रताको बन्धन कसिलो बन्नेछ । पढाइमा मन जानेछ । खुसीयाली वातावरण बन्नेछ । सभा समारोहमा अतिथिको सत्कार पाइनेछ ।

तुला

शैक्षिक उपलब्धिमा ह्रास आउनेछ, जागरुक रहनु होला । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । आम्दानीको तुलनामा खर्चको मात्रा बढेर जानेछ । सामान्य काम कार्यलाई दोहो¥याएर गर्नुपर्दा हैरानी लाग्नेछ ।

वृश्चिक

नयाँ लगानीले दिगो रुपमा लाभ लिन पाइनेछ । आफन्तजनसँगको रमाइलो भेट हुनेछ । सकारात्मक विचार आउनेछ । हर्षको खबर मिल्नेछ । बन्दव्यापारबाट सोचे भन्दा ज्यादा लाभ मिल्दा खुसीयाली छाउनेछ ।

धनु

प्रेम प्रसंग चल्नेछ । धार्मिक विश्वास बढ्नेछ । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व जमाउन सकिनेछ । परिश्रमको सही रुपमा मूल्याङ्कन मिल्दा काम गर्ने हौसला थपिनेछ । कलात्मक कार्यमा मन जानेछ ।

मकर

मान्यजनको साथ सहयोगले कार्य बन्नेछन् । शुभ खबर मिल्नेछ । अरु व्यक्तिको समस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाइनेछ । आकस्मिक लाभले मन फुरु· बन्नेछ । मिहिनेती प्रवृत्तिको विकास हुनेछ ।

कुम्भ

काम गरेर जस भन्दा अपजस व्यहोर्नु पर्नेछ । शारीरिक कमजोरी यथावत् नै रहनेछ । हतारको निर्णयले पछुताउनु पर्नेछ । काम गरेर आत्मसन्तुष्टि मिल्ने छैन । टाढाको यात्रासमेत कष्टकर रहने देखिन्छ ।

मीन

शेयर बजारमा गरेको लगानीले फाइदा हुनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछ । आकर्षण शक्ति बढेर जानेछ । जोखिम युक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा धेरै व्यक्तिहरु मोहित हुनेछन् ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर २५ गते बिहीवार, तदनुसार ई.सं. २०२० डिसेम्बर १० तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्षको दशमी तिथि पूर्वान्ह ९ः२८ बजेसम्म, त्यसपछि एकादशी तिथि रहनेछ ।

नक्षत्र हस्ता पूर्वान्ह ८ः२१ बजेसम्म, त्यसपछि चित्रा रहनेछ ।
विष्कुंभादी योग सौभाग्य वेलुका ५ः५० बजेसम्म, त्यसपछि शोभन रहनेछ ।
आनन्दादी योग राक्षस ।
करण बब बेलुका ८ः२० बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य वृश्चिक राशिमा, चन्द्रमा : कन्या राशिमा बेलुका ७ः३३ रहनेछ ।
सूर्योदय ६ः४५ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।