राशिफल

२०७७ मंसिर २३ गते मंगलबार

मेष

नोकरीमा भनाई खानु पर्नेछ । असन्तुष्टिपनाले छाड्ने छैन । परिवारजनको सहयोगले कार्यलाई अघि बढाउँदा सफल भइनेछ । अध्ययन अध्यापन क्षेत्रमा सुधार हुनेछ । स्वास्थ्यमा समेत क्रमिक रुपमा सुधार भएर जानेछ ।

बृष

गोपनीयता बाहिरीँदा विपक्षीले स्थान पाउने छन् । आफन्तजनसँग नै विवाद पर्नेछ । ढिला सुस्तिका कारण विशेष अवसर फुत्कनेछ । आफन्तजनहरु टाढिने छन् । विवादित कार्यको नेतृत्व गर्नुपर्दा दिक्क लाग्नेछ ।

मिथुन

शुभ खबर सुन्न पाइनेछ । व्यापार व्यवसायमा आयदर बढ्नेछ । कलात्मक कार्यमा मन रमाउनेछ । मित्रजनको साथ सहयोगले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । सुख सुविस्ताका साधनहरु जुट्ने छन् । दिन शुभ रहनेछ ।

कर्कट

हतारको निर्णयले समस्यामा परिनेछ । कठोर बोलि व्यवहारका कारण बन्धुवान्धवसँगको सम्बन्ध विग्रनेछ । चिन्ता, पीरले सताउनेछ । विशेष गरी कुटुम्बपक्षको साथ सहयोगले अघि बढ्दा लक्ष्यमा पुग्न सकिनेछ ।

सिंह

मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । शत्रु पनि मेलमिलापमा आउँदा कार्य गर्न सहज हुनेछ । कला र गलाको प्रशंसा हुनेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने मौका मिल्नेछ ।

कन्या

सामान्य कार्यमा नै भुल्नाले महत्वपूर्ण कार्य ओझेलमा पर्नेछ । स्वास्थ्य समस्या यथावत् नै रहनेछ । आम्दानीको तुलनामा खर्चभार बढ्नाले तालमेल मिलाउन गाह्रो पर्नेछ । जिद्दी गर्ने बानीले समस्या आउनेछ ।

तुला

आकस्मिक रमाइलो यात्राको अवसर मिल्नेछ । पारिवारिक जमघटले मन फुरुंग बन्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । आर्थिक पक्ष विशेष बलियो रहँदा नयाँ लगानिको अवसर मिल्नेछ । हर्ष बढ्नेछ ।

वृश्चिक

सामाजिक कार्यमा प्रशंसा मिल्नेछ । नयाँ जिम्मेवारी बढ्नेछ । व्यक्तित्व विकासको समय रहेकोे छ । पिताको सहयोगले अघि बढ्दा कार्यहरु सहज तवरले बन्ने छन् । बोलिको कदर हुनेछ । शुभ खबर मिल्नेछ ।

धनु

अवसर हुँदाहुँदै पनि पछि परिनेछ । मिहिनेत अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जाँगर घट्नेछ । नोकरीमा अपजस एवं आलोचित भइनेछ । परोपकारी कार्यमा भने अग्रसरता रहनेछ । ठूलो लगानी उचित देखिन्न ।

मकर

आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ । व्यवसायमा मन्दीपन रहनेछ । दैनिक गर्दै आएका कार्यमा समेत विघ्नबाधा आउनेछ । शोकप्रद खबर सुन्नु पर्नेछ । शारीरिक आलस्यताले कार्य गर्न सकिने छैन ।

कुम्भ

सोचे अनुरुपका काम कार्य पुरा हुँदा हर्ष बढ्नेछ । विपरीत लिंगीको साथ सहयोगले कार्य बन्नेछ । काम प्रतिको लगनशलता बढेर जानेछ । शैक्षिक, सामाजिक एवं राजनैतिक क्षेत्रमा समेत अग्रस्थान मिल्नेछ ।

मीन

सामान्य समस्या एवं झन्झट आइलागेता पनि बुद्धिमता ढंगले अघि बढ्दा जीत हुनेछ । घरायसी सरसामान जोडिनेछ । रोकिएको वित्तिय कारोवार सुचारु हुनेछ । व्यापार व्यवसायबाट आयदर बढ्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर २३ गते मंगलबार, तदनुसार ई.सं. २०२० डिसेम्बर ८ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षकृष्णपक्षको अष्टमी तिथि दिवा १ः३६ बजेसम्म, त्यसपछि नवमी तिथि रहनेछ ।

नक्षत्र पूर्वफाल्गुनी पूर्वान्ह ११ः०५ बजेसम्म, त्यसपछि उत्तरफाल्गुनी रहनेछ ।
विष्कुंभादी योग प्रीति रात्रि ११ः४७ बजेसम्म, त्यसपछि आयुष्मान् रहनेछ ।
आनन्दादी योग धूम्र ।
करण तैतिल रात्रि १२ः३९ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : सिंह राशिमा वेलुका ४ः४७ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः४४ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।