राशिफल

२०७७ मंसिर २२ गते सोमबार

मेष

सकारात्मक सोच विचार रहनेछ । आकस्मिक लाभ हुनेछ । शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा आउँदा मन खुसी रहनेछ । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । नयाँ अवसरहरु जुट्ने छन् ।

बृष

आर्थिक पक्ष कमजोर बन्नेछ । मानसिक चिन्ता, पीरले सताउनेछ । बन्धुवान्धवसँग बोलिकै कराण सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाइ खानु पर्नेछ ।

मिथुन

मनमिल्ने व्यक्तिसँगको रमाइलो भ्रमण हुनेछ । काम गर्ने जोश जाँगर थपिनेछ । सहमति र सहकार्यको वातावरणले गर्दा सहज तवरले कार्य बन्ने छन् । मिहिनेत अनुसारको प्रतिफल मिल्दा खुसी लाग्नेछ ।

कर्कट

धार्मिक एवं सामाजिक कार्यबाट उच्च सम्मान मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । अचल वस्तुमा गरेको लगानिले पछि ठूलो फाइदा दिलाउने छ । अल्छि गर्ने वानीले पछि परिनेछ, जागरुक रहनु होला ।

सिंह

छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । बोलि विक्ने समय रहेको छ । ठूला व्यक्तिसँग संगत रहनेछ । सान्दर्भिक कार्यको शुरुवाति गरिनेछ । इमान्दारीताको कदर हुनेछ । श्रृंगारिक कार्यमा मन जानेछ ।

कन्या

स्वास्थ्य कमजोर बन्नेछ । पढाइलेखाइमा भन्दा बाहिरी कुरामा मन जानेछ । अनावश्यक कार्यमा खर्चभार बढ्नेछ । दैनिक कामकाजमा पनि समस्या सृजना हुनेछ । हिनताबोधले गर्दा कार्य गर्न मन लाग्ने छैन ।

तुला

लामो समयदेखि रोकिएका कार्यहरु बन्नेछन् । गुमेको धन हात पर्दा प्रसन्न छाउनेछ । आर्थिक आम्दानीमा बढोत्तरी हुनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । नयाँ नयाँ वस्तुको उपभोग गर्न पाइनेछ ।

वृश्चिक

नयाँ सिप सिक्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । घरायसी समस्या हल हुनेछ । काम अनुसारको नाम, दाम मिल्नेछ । कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ ।

धनु

अध्ययनमा सुधारको संकेत देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । सहयोगीहरुको साथले अपूरा कार्यलाई अघि बढाउन सकिनेछ । बल, विद्या, नाम, दाम मिल्ने समय रहेको छ । समय सुधारोन्मुख रहनेछ ।

मकर

नयाँ कार्यको थालनि गर्दा बाधा अड्चनहरु देखा पर्ने छन् । ठूलो लगानि उचित देखिन्न । अरुले गरेको गल्तिको आरोप तपाईँलाई आउन सक्छ, सतर्क रहनु होला । अरु व्यक्तिको नियम, नियन्त्रणमा बस्न सकिने छैन ।

कुम्भ

मानसिक शान्तिको अनुभूति हुनेछ । प्रेम प्रसंग चल्नेछ । हर्षको खबर मिल्नेछ । नेतृत्व गणसँगको सम्बन्ध निकट बन्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । थालेका अधिकांश कार्य पूरा हुँदा मन हर्षित बन्नेछ ।

मीन

व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा खुसीयाली छाउनेछ । पूर्व तयारीका साथ लाग्दा धेरै कार्यहरु बन्नेछन् । स्थान, मान प्रप्तिको योग बनेको छ । वैदेशिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर २२ गते सोमबार, तदनुसार ई.सं. २०२० डिसेम्बर ७ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षकृष्णपक्षको सप्तमी तिथि दिवा ३ः१६ बजेसम्म, त्यसपछि अष्टमी तिथि रहनेछ ।

नक्षत्र मघा दिवा १२ः०३ बजेसम्म, त्यसपछि पूर्वफाल्गुनी रहनेछ ।
विष्कुंभादी योग विष्कुंभ रात्रि २ः२९ बजेसम्म, त्यसपछि प्रीति रहनेछ ।
आनन्दादी योग ध्वांक्ष ।
करण बालव रात्रि २ः२८ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : सिंह राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः४३ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।