राशिफल

२०७७ मंसिर १९ गते शुक्रबार

मेष

अवसर हुँदाहुँदै पनि विकल्पको बाटो रोज्नाले महत्वपूर्ण अवसर गुम्नेछ । पारिवारिक समस्याले गर्दा काम कार्य गर्ने वातावरण बन्ने छैन । सामान्य कार्यलाई पनि कडा परिश्रम गर्नु पर्दा हैरानी लाग्नेछ ।

बृष

समय र परिस्थिति अनुसार चल्न सकिनेछ । साथीभाईसँगको रमाइलो जमघट हुनेछ । व्यक्तित्वको चर्चा हुनेछ । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ ।

मिथुन

सानातिना झमेलामा नअल्झनु होला । आर्थिक सञ्चय गरिनेछ । आज गरेको कार्यले भविष्यसम्म लाभ लिन पाइनेछ । बोल्ने कलाको बृद्धि विकास हुनेछ । कुटुम्बको साथ सहयोगले कार्य बन्नेछ ।

कर्कट

अघिदेखिका समस्यालाई सुल्झाउन सकिनेछ । नयाँ कार्यको सम्झौता हुनेछ । आत्मबल आत्मविश्वास थपिनेछ । शैक्षिक क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुगिनेछ ।

सिंह

विश्वास गरेका व्यक्तिले समर्थन छाड्ने छन् । भय र त्रासको वातावरणले कार्य गर्न सकिने छैन । लहैलहैमा लाग्दा गलत कार्यमा लागिन सक्छ, सतर्क रहनु होला । नयाँ लगानीले तनाब मात्र निम्त्याउने छ ।

कन्या

आयमूलक कार्यमा चासो रहनेछ । बन्दव्यापारबाट मनग्य नाफा कमाइनेछ । सहयोगीहरुको साथ मिल्दा नयाँ कार्यको आरम्भ हुनेछ । अघि गरेको लगानिको फाइदा लिन पाइनेछ । हर्षको खबर मिल्नेछ ।

तुला

नोकरीमा सम्मान मिल्नेछ भने नयाँ जिम्मेवारी समेत मिल्नेछ । राजनैतिक क्षेत्रबाट समेत लाभकारी समय रहेको छ । काम गरेर अरु व्यक्तिलाई चित्त बुझाउन सक्दा इमान्दारिताको पात्र बनिनेछ ।

वृश्चिक

समस्याको पहिचान गर्न सक्दा अघि बढ्न सहज हुनेछ । बौद्धिक क्षमताको विकास हुनेछ । घरायसी समस्या हल भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मन हर्षित बन्ने छ ।

धनु

स्वास्थ्य समस्याले गर्दा कार्य गर्न सकिने छैन । तपाईँको बोलीको गलत अर्थ लाग्न सक्छ, संयम रहनु होला । हतारको काम लतरपतर भने झैँ हुनेछ । अग्रज व्यक्तिको साथ सहयोग लिएर कार्य गर्दा केही लाभ हुनेछ ।

मकर

मन मिल्ने व्यक्तिसँगको रमाइलो भ्रमणको योग बनेको छ । प्रेम प्रसंगले मूर्त रुप लिनेछ । नयाँ प्रस्तावहरु आउने छन् । आर्थिक अवस्था बलियो रहँदा नयाँ लगानीको अवसर मिल्नेछ । खुसीयाली छाउनेछ ।

कुम्भ

अपरिचित व्यक्तिको सहयोगले कार्य बन्ने छन् । कामको सिलसिलामा यात्रामा निष्कनु पर्नेछ । श्रममार्गमा उचित स्थान पाइनेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । विपक्षीसँग मिलेर अघि बढ्दा फाइदा हुनेछ ।

मीन

सुखद् खबर मिल्नाले प्रफुल्लित भइनेछ । पढाइलेखाइ एवं प्रतिभाका कार्यमा अग्रपंक्तिमा आइनेछ । नयाँ वस्तुको प्रयोग गर्ने अवसर पाइनेछ । नयाँ ठाउँको भ्रमण होला । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर १९ गते शुक्रबार, तदनुसार ई.सं. २०२० डिसेम्बर ४ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षकृष्णपक्षको चतुर्थी तिथि वेलुका ५ः५३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि रहनेछ ।

नक्षत्र पुनर्वसू दिवा १२ः३३ बजेसम्म, त्यसपछि तिष्य रहनेछ ।
विष्कुंभादी योग शुक्ल पूर्वान्ह १०ः१५ बजेसम्म, त्यसपछि ब्रह्मा रहनेछ ।
आनन्दादी योग लुम्ब ।
करण कौलव मध्यरात्रि पछि ५ः४४ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : कर्कट राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः४१ बजे, सूर्यास्त : बेलुका ५ः०६ बजे ।