राशिफल

२०७७ मंसिर १६ गते मंगलबार

मेष

सामाजिक पदप्रतिष्ठा मिल्नेछ । सुखसुविस्ता उपभोग गर्न पाइनेछ । सकारात्मक सोचाइ रहनेछ । आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानिको अवसर मिल्नेछ । बोलिकै भरमा ठूलाठूला कार्यहरु बन्नेछन् ।

बृष

आकस्मिक धन लाभको योग बनेको छ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेकोछ । विरोधिहरु पनि सहमतिमा आउन बाध्य हुनेछन् । विशेष कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ ।

मिथुन

चञ्चले स्वभावका कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्नेछन् । आम्दानीको तुलनामा खर्च भार बढ्नाले तालमेल मिलाउन गाह्रो पर्नेछ । सोचे अनुरुप काम, कार्य नबन्दा नैराश्यता छाउनेछ ।

कर्कट

उद्योगधन्दा एवं व्यवसायमा नयाँ लगानि गर्दा भविष्यसम्म लाभ लिन पाइनेछ । आम्दानीका नयाँ बाटाहरु फेला पर्नेछन् । जोखिमयुक्त कार्यलाई पनि सहज तवरले गर्न सक्दा प्रशंसकहरु थपिने छन् ।

सिंह

सौखिन वस्तुमा ध्यान जानेछ । अरु दिनको तुलनामा अध्ययनमा चासो रहनेछ । सरकारी क्षेत्रका अपूरा कार्यले स्थान पाउने छन् । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । काम गरेर आत्मसन्तोष मिल्नेछ ।

कन्या

सानो लगानिले नै धेरै आर्थिक लाभ लिन सकिनेछ । कल्याणकारी कार्यमा सहभागी हुन पाउँदा आनन्द लाग्नेछ । नोकरीमा नयाँ जिम्मेवारी थपिनेछ । इमान्दारीताको कदर हुनेछ । समय शुभ रहेको छ ।

तुला

आर्थिक लेनदेनमा विवाद बढ्नेछ । विश्वास गरेका व्यक्तिको साथ पाइने छैन । तनाबदायी कार्यको नेतृत्व गर्नु पर्नेछ । काम गरेर जश भन्दा पनि अपजश मिल्नेछ । चिन्ताजनक खबर सुन्नु पर्ला ।

वृश्चिक

सृजनात्मक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनात्मक कार्यमा सहभागि हुने मौका मिल्नेछ । मायाप्रेमको बन्धन कसिलो रहला । दाम्पत्य स्नेह बढ्नेछ । मन मिल्ने व्यक्तिसँगको छोटो रमाइलो यात्रा होला ।

धनु

सहनशिलता र कृयाशिलताको बृद्धिविकास हुनेछ । वैदेशिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा बन्नेछन् । विपक्षीले सानातिना समस्या सृजना गरेता पनि जीत तपाईँकै हुनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ ।

मकर

नयाँ वस्तुको प्रयोगले काम गर्न सहजताको अनुभव हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति होला । सन्तानको साथ सहयोगले गर्दा थालेका कार्यमा सफलता मिल्नेछ । इच्छा शक्ति बढ्नेछ । हर्षको खबर मिल्नेछ ।

कुम्भ

आर्थिक पक्ष कमजोर बन्नेछ । बन्धुवान्धनवसँग वैरभाव उत्पन्न हुनेछ । क्षणिक लाभको प्रलोभनमा विपक्षीको विश्वासमा पर्नाले नोक्सानी व्यहोर्नु पर्नेछ । मातृ पक्षको सहयोगले कार्य गर्दा सफल भइनेछ ।

मीन

सहोदरका व्यक्तिको साथ सहयोग पाइनेछ । साझेदारी काम, कार्यको सुरुवाती हुनेछ । आर्थिक पक्ष बलियो नै रहला । कृषि एवं पशुपालनबाट विशेष लाभ मिल्नेछ । नयाँ वस्तुको ज्ञान लिन पाइनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर १६ गते मंगलबार, तदनुसार ई.सं. २०२० डिसेम्बर १ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षकृष्णपक्षको प्रतिपदा तिथि वेलुका ४ः०६ बजेसम्म, त्यसपछि द्वितीया तिथि रहनेछ ।

नक्षत्र रोहिणी विहान ८ः४६ बजेसम्म, त्यसपछि मृगशिरा रहनेछ ।
विष्कुंभादी योग सिद्ध दिवा १२ः०७ बजेसम्म, त्यसपछि साध्य रहनेछ ।
आनन्दादी योग आनन्दादी योग : मात· ।
करण तैतिल मध्यरात्रि पछि ४ः४२ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : वृष राशिमा वेलुका ९ः४१ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः३८ बजे, सूर्यास्त : बेलुका ५ः०६ बजे ।