राशिफल

२०७७ मंसिर १५ गते सोमबार

मेष

सृजनात्मक कार्यमा मन रमाउनेछ । धन सञ्चय गर्न मन लाग्नेछ । सानातिना बाधा व्यवधान आएता पनि समस्यालाई छिचोल्दै लक्ष्यमा पुग्न सकिनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसीयाली छाउने देखिन्छ ।

बृष

अघिदेखिका समस्या हल भएर जानेछन् । समय अनुकूलको रहेको छ । मान्यजनको साथ समर्थनले काम बन्नेछन् । बन्दव्यापारबाट आयआर्जन बढ्नेछ । विशेष कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समेत सुधार हुनेछ ।

मिथुन

हचुवाको भरमा निर्णय लिँदा पछि पछुताउनु पर्नेछ । स्वास्थ्य अवस्था कमजोर बन्नेछ । आफ्नै भन्नेले समेत धोका दिनेछन् । सजक रहनु होला । अध्ययनमा भन्दा बाहिरी कुरामा मन जानेछ । चिन्ता, पिर थपिनेछ ।

कर्कट

भौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । पढाइलेखाइमा चासो रहनेछ । नयाँ–नयाँ अवसरहरुले पछ्याउने छन् । कलात्मक कार्यमा मन जानेछ । व्यवसायमा नयाँ तौर–तरिकाको प्रयोगले आयदर बढ्नेछ ।

सिंह

कार्य क्षेत्र प्रति समर्पित भइनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । सरकारी क्षेत्रका अपूरा काम कार्यले स्थान पाउनेछन् । मानसिक क्षमताको बृद्धिविकास हुनेछ । सामाजिक, राजनैतिक कार्यबाट प्रशंसा मिल्नेछ ।

कन्या

सहज परिस्थिति बन्नेछ । बोलिकै भरमा धेरै कार्यहरु सरल तबरले बन्नेछन् । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । धार्मिक कार्यमा सरीक भइनेछ । परोपकारी कार्यमा समय विताउन पाइनेछ ।

तुला

विपक्षीको विश्वासमा पर्दा नोक्सानी व्यहोर्नु पर्नेछ । एक्कासी स्वास्थ्य समस्याले सताउनेछ । अरुका काम कार्यमा भूल्दा आफ्ना महत्वपूर्ण कार्य भने पछि पर्नेछन् । आर्थिक पक्ष कजोर बन्दै बन्नेछ, सजक रहनु होला ।

वृश्चिक

अपरिचित व्यक्तिको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । नोकरीमा प्रशंसा एवं जिम्मेवारी थपिनेछ ।

धनु

सामान्य झन्झटको मुकाविला गर्नु परेता पनि धनसंग्रह गर्ने खाले समय रहेको छ । व्यवसायमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन सकिनेछ । साझेदारी काम कार्यबाट समेत उचित लाभ मिल्दा खुसी भइनेछ ।

मकर

बौद्धिक क्षमता फराकिलो बन्नेछ । पुराना समस्या हल भएर जानेछन् भने नयाँ जिम्मेवारी थपिनेछ । विद्या, बुद्धि स्थानमा स्थित चन्द्रमाले शैक्षिक क्षेत्रमा अग्रस्थानमा आइनेछ । सन्तानको साथ सहयोग मिल्नेछ ।

कुम्भ

अधिक व्यस्थताका कारण स्वास्थ्यमा समस्या आउने छ । नविन क्षेत्रको प्रतिनिधित्व गर्नु पर्दा शंका र डरले सताउनेछ । विवाद पर्नेछ । मान्यजनको साथ समर्थनले कार्यको आरम्भ गर्दा केही मात्रामा सफल भइनेछ ।

मीन

साथीभाईको साथले गर्दा उच्च स्थान मिल्नेछ । कृषि क्षेत्रबाट मनग्य नाफा कमाइनेछ । हर्षको खबर सुन्न पाइनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने खाले समय रहेको छ । काम गर्ने जोश जाँगर थपिनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर १५ गते सोमबार, तदनुसार ई.सं. २०२० नोभेम्बर ३० तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि दिवा २ः३३ बजेसम्म, त्यसपछि मार्गशिर्षकृष्णपक्षको प्रतिपदा तिथि रहनेछ ।

नक्षत्र रोहिणी भोलि अहोरात्र व्याप्त रहनेछ ।
विष्कुंभादी योग शिव दिवा १२ः०२ बजेसम्म, त्यसपछि सिद्ध रहनेछ ।
आनन्दादी योग प्रर्वद्ध ।
करण बालव मध्यरात्रि पछि ३ः२२ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : वृष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः३८ बजे, सूर्यास्त : बेलुका ५ः०६ बजे ।