राशिफल

२०७७ मंसिर ११ गते बिहीबार

मेष

गोपनीयता वाहिरिँदा समस्यामा परिनेछ । व्यर्थको कार्यमा समय वित्नेछ । अरुले गरेको कार्यको अपजस तपाईँलाई आउनेछ । संचित धन खर्च हुनेछ । हतारका निर्णय नलिई अग्रजको सल्लाहका कार्य गर्नुहोला ।

बृष

समर्थकहरुको सर–सहयोग उचित रुपमा पाइनेछ । लामो समय देखि रोकिएका वित्तीय कारोवारलाई अघि बढाउन सकिनेछ । बन्दव्यापारबाट मनग्य नाफा कमाइनेछ । सहमतिद्वारा समस्यालाई सुल्झाइनेछ ।

मिथुन

शारीरिक स्फूर्ति कायमै रहला । अवसरहरुले पछ्याउने छन् । दिन उन्नतिकारक रहनेछ । गरेका काम कार्यबाट सन्तोष मिल्नेछ । हर्षको खबर मिल्नेछ । व्यापार एवं पशुपानबाट मनग्य नाफा कमाइनेछ ।

कर्कट

कार्यशैली प्रभावकारी रहँदा नयाँ जिम्मेवारी मिल्नेछ । उत्साह उमंग छाउनेछ । सामाजिक कार्यमा विशेष चासो रहनेछ । कलात्मक कार्यमा मन रमाउनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइने समय छ ।

सिंह

अवसर हुँदाहुँदै विकल्प रोज्दा समस्यामा परिनेछ । आकस्मिक निर्णय लिँदा पछि पछुताउनु पर्ला, पूर्व तयारी गरेर कार्य गर्नुहोला । बाध्यताका झन्झटिला काम कार्यमा जुट्नु पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

कन्या

उच्च ओहदाका व्यक्तिसँग मित्रता गाँसिनेछ । मन मिल्ने व्यक्तिसँगको आकस्मिक रमाइलो यात्रा हुनेछ । गरेका कार्यबाट आत्मसन्तोष मिल्ने मिल्नेछ । आँटेका कार्यहरु एकाएक पूरा हुँदा मन प्रफुल्लित बन्नेछ ।

तुला

प्रयत्न गर्दा अपूरा कार्यलाई पूर्णता दिन सकिनेछ । परिश्रम अनुसारको प्रतिफल पाइनेछ । जिम्मेवारीको उचित रुपमा वहन गर्न सकिनेछ । केही झन्झट आइलागेता पनि जीत पाईँकै हुनेछ, नआत्तिनु होला ।

वृश्चिक

आफन्तजनसँग रमाइलो यात्रा हुनेछ । कलात्मक कार्यमा मन जानेछ । प्रतिक्षित नतिजा राम्रो आउँदा प्रफुल्लित भइनेछ । शैक्षिक क्षेत्रमा विशेष उन्नति प्रगति हुने देखिन्छ । सन्तानको उन्नतिमा रमाइनेछ ।

धनु

नजिकका व्यक्तिसँगनै वादविवाद हुनेछ । सरसामान हराउने वा चोरी हुने संभावना रहेको छ, सतर्क रहनुहोला । अरुको लहैलहैमा हचुवाको भरमा लगानि गर्दा रकम डुब्नेछ । धेरै परिश्रम गर्दा पनि जसमिल्ने छैन ।

मकर

श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि नविन संभावना मिल्नेछ । व्यक्तित्व विकासको समय रहको छ । बन्धुवान्धवको सहयोगले कार्य बन्नेछन् । व्यवसायमा सामान्य लगानिबाट नै अनपेक्षित लाभ मिल्ने देखिन्छ ।

कुम्भ

विहानी पख दोधारमा निर्णय लिन नसकेता पनि पुनश्च अवसर मिल्नेछ । आकस्मिक धन लाभको योग बनेको छ । खुसीयालीपन छाउनेछ । सामान्य कार्यमा भुल्ने समय छैन, नविन योजना बनाएर अघि बढ्नुहोला ।

मीन

ठूला व्यक्तिको विश्वासको पात्र बनिनेछ । सकारात्मक सोच विचार रहनेछ । विशेष समारोहमा अतिथिको सत्कार मिल्नेछ । गरेको लगानीबाट दिगो रुपमा फाइदा मिल्नेछ । अलमलमा नपरी कार्यमा लाग्नुहोला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर ११ गते बिहीबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २६ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको द्वादशी तिथि अहोरात्र व्याप्त रहनेछ ।

नक्षत्र रेवती वेलुका १०ः५८ बजेसम्म, त्यसपछि अश्विनी रहनेछ ।
विष्कुंभादी योग सिद्ध पूर्वान्ह १०ः११ बजेसम्म, त्यसपछि व्यतिपात रहनेछ ।
आनन्दादी योग मित्र ।
करण बव वेलुका ७ः१९ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : मीन राशिमा वेलुका १०ः५८ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः३५ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।