राशिफल

२०७७ मंसिर १० गते बुधबार

मेष

स्वास्थ्यमा एक्कासी समस्या देखिन सक्छ, खानपानमा विचार पु¥याउनु होला । अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ । संयम रहनु होला । खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ ।

बृष

धेरै व्यक्तिको प्रशंसाको पात्र बनिनेछ । व्यापार व्यवसायमा नयाँ ज्ञान तथा सिपको प्रयोगले गर्दा आयदर बढाउन सकिनेछ । पढाइमा चासो रहनेछ । पारिवारिक सहयोगले गर्दा महत्वपूर्ण कार्यमा सफल भइनेछ ।

मिथुन

मायाप्रेमको बन्धन कसिलो बन्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । सानो प्रयासले नै ठूला कार्य बन्नेछन् । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्दा खुसी लाग्नेछ । कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ ।

कर्कट

स्वास्थ्य सामान्य बन्दै जानेछ । सकारात्मक सोच विचार आउनेछ । ढिलै भए पनि परिश्रमको मूल्यांकन पाइनेछ । धार्मिक यात्राको संभावना देखिन्छ । समग्रमा दिन सुधारोन्मुख रहने देखिन्छ ।

सिंह

नयाँ संझौताले झन् तनाब थपिनेछ । मनमा शंका उपशंका उब्जनाले कार्य गर्न गाह्रो पर्नेछ । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा खट्नु पर्नेछ । अरुको विश्वासमा पर्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ ।

कन्या

प्रीयजनसँगको रमाइलो पल बित्नेछ । सहमति र सहकार्यको भावना जागृत हुनेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आर्थिक पक्ष मजबुत बन्नेछ । काम गरेर धैरै व्यक्तिलाई आकर्षित गर्न सकिनेछ ।

तुला

छैटौं भावको चन्द्रमा ग्रहले सामान्य अन्योलको वातावरण बनाउन सक्छ, मान्यजनको सल्लाहमा अघि बढ्नु होला । आर्थिक पक्ष मजबुत रहँदा नयाँ लगानि गरिनेछ । आश मारेको धनरकम हात पर्नेछ ।

वृश्चिक

इमान्दारीताको पात्र बनिनेछ । स्वास्थ्यमा सुधार हुनेछ भने टाढिएका बन्धुवान्धवसँगको सम्बन्धमा सुधार आउनेछ । काम गर्ने वातावरण बन्नेछ ।सोचे अनुरुप काम कार्य बन्दा आनन्द लाग्नेछ ।

धनु

असहज वातावरण बन्नाले दैनिक कामकाजमा समेत बाधा अड्चन आउने छन् । धन भएर पनि सही स्थानमा लगानि गर्न सकिने छैन । कठोर बोलि व्यवहारका कारण बन्नै आँटेका कार्य समेत विग्रने छन् ।

मकर

मेलमिलापको भावना जागृत हुनेछ । पराक्रम भावको चन्द्रमा ग्रहका प्रभावले यश,कृति बढ्नेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । खुसीको खबर पाइनेछ ।

कुम्भ

व्यवसायबाट आर्जित रकमले सन्तुष्टि मिल्नेछ । शारीरिक स्फुर्ति कायम रहनेछ । परिश्रम बढी गर्नु परेता पनि उचित मूल्यांकन मिल्दा जोश जाँगर थपिनेछ । सामाजिक कार्यमा जागृत भइनेछ । समय शुभ रहने देखिन्छ ।

मीन

विशिष्ट कार्यमा अतिथिको सत्कार पाइनेछ । घरायसी समस्या हल भएर जानेछ । प्रशंसकहरु थपिने छन् । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग नजिकिने अवसर समेत मिल्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर १० गते बुधबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २५ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको एकादशी तिथि मध्यरात्रि पछि ६ः२० बजेसम्म, त्यसपछि द्वादशी तिथि रहनेछ ।

नक्षत्र उत्तरभाद्रपदा वेलुका ८ः३४ बजेसम्म, त्यसपछि रेवती रहनेछ ।
विष्कुंभादी योग वज्र पूर्वान्ह ९ः५५ बजेसम्म, त्यसपछि सिद्ध रहनेछ ।
आनन्दादी योग लुम्ब ।
करण वणिक् वेलुका ५ः२४ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : मीन राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः३४ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।