राशिफल

२०७७ पौष ८ गते बुधबार

मेष

बाह्रौं भावको चन्द्रमा ग्रहले अनावश्यक झमेला ल्याउनेछ । अवसरलाई चिन्न नसक्दा महत्वपूर्ण मौका गुम्नेछ । सञ्चित धन खर्च हुनेछ । व्यर्थको कार्यमा समय बित्नेछ । ठूलो लगानी एवं टाढाको यात्रा शुभ देखिन्न ।

बृष

लामो समय पछि मित्र मिलन हुनेछ । आकस्मिक लाभले मन फुरु· बन्नेछ । हर्षको खबर सुन्न पाइनेछ । इष्टमित्रसँगको रमाइलो पल बित्नेछ । आर्थिक अवस्था बलियो रहनेछ । काम गरेर सन्तुष्टि मिल्नेछ ।

मिथुन

जिम्मेवारी बढ्नेछ । पिता एवं मान्यजनको सहयोगबाट कार्यलाई अघि बढाउन सकिनेछ । सामाजिक उत्तरदायित्व थपिनेछ । राजनैतिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । समग्रमा दिन शुभ रहने देखिन्छ ।

कर्कट

धार्मिक चिन्तन रहनेछ । परोपकारी कार्यमा मन जानेछ । सानातिना झमेलाले छाड्ने छैन । पूर्व तयारी र योजना बनाएर कार्यमा निष्कनु होला । परिश्रम गरेर प्रतिफलका लागि केही समय पर्खनु पर्नेछ ।

सिंह

सोच्दै नसोचेका समस्याहरु आइलाग्ने छन् । तपाईँको दुःखको लाभ अरुले नै लिनेछन् । हतारको निर्णय र बोलिले समस्यामा पार्नेछ, संयम रहनु होला । पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन ।

कन्या

तपाईँको काम गर्ने शैलीले समाजमा बेग्लै तरंग पैदा गर्नेछ । दाम्पत्य सहयोग मिल्नेछ । सोचेका र थालेका धेरै कार्यले स्थान पाउने छन् । मनोरञ्जनमा सहभागी भइनेछ । व्यक्तित्व विकासको समय रहेको छ ।

तुला

सामाजिक पद प्रतिष्ठा कमाइनेछ । विपक्षीहरु पनि सहमतिमा आउन बाध्य हुनेछन् । कृति प्रदायक कार्य गर्न सकिने छ । नोकरीमा सामान्य दुःख व्यहोर्नु परे तापनि व्यवसायबाट भने लाभ मिल्नेछ ।

वृश्चिक

पढाइमा मन केन्द्रित रहनेछ । आर्थिक अवस्था मजबुत बन्नेछ । घरायसी समस्याबाट छुटकारा मिल्नेछ । रमाइलो यात्रा एवं भेटघाटमा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने समय रहेको छ ।

धनु

आँफैले गरेका कार्य आँफैलाई चित्त बुझ्ने छैन । अनावश्यक कार्यमा हात हाल्दा विवादित भइनेछ । मातृ पक्षको साथ सहयोगले कार्यको आरम्भ गर्नुहोला । जिद्दि गर्ने बानीका कारण आफन्तजनसँग नै विवाद पर्नेछ ।

मकर

काम गर्ने जोश जाँगर बढ्नेछ । नयाँ वस्तुको उपयोग गर्न पाइनेछ । मिहिनेती बानीले गर्दा धेरै व्यक्तिको प्रिय बनिनेछ । आत्मकारक ग्रहको पूर्ण रुपमा साथ मिलेको छ । आफ्नो क्षमताको विकास गर्न सकिनेछ ।

कुम्भ

समान्य अल्छिपनाले सताउन सक्छ, अल्लि जागरुकताका साथ कार्यमा लाग्नुपर्नेछ । अचल वस्तुमा गरेको लगानीबाट दीर्घकालीन रुपमा लाभ उठाउन सकिनेछ । मान इज्जत प्राप्तिको योग बनेको छ । हर्ष बढ्नेछ ।

मीन

टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार आउनेछ । नयाँ कार्यको थालनी गरिनेछ । मन, वचन र कर्मको तालमेल मिल्दा लक्ष्यमा पुग्न सहज हुनेछ । सत् कार्यको आरम्भ गरिनेछ । समर्थकहरु बढ्ने छन् ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल पौष ८ गते बुधबार, तदनुसार ई.सं. २०२० डिसेम्बर २३ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको नवमी तिथि बेलुका ९ः५३ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।

नक्षत्र रेवती भोलि बिहान ६ः११ बजेसम्म, त्यसपछि अश्विनी रहनेछ ।
विष्कुंभादी योग वरीयान् दिवा ३ः१६ बजेसम्म, त्यसपछि परिघ रहनेछ ।
आनन्दादी योग उत्पात ।
करण बालव बिहान ८ः५६ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य धनु राशिमा, चन्द्रमा : मीन राशिमा भोलि बिहान ६ः११ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः५३ बजे, सूर्यास्त : बेलुका ५ः१३ बजे ।